रूसले ८ महिनाअघि नै दिएको थियो बंगलादेशमा शेख हसिनाको सत्ता ढल्ने सूचना « Khabarhub

रूसले ८ महिनाअघि नै दिएको थियो बंगलादेशमा शेख हसिनाको सत्ता ढल्ने सूचना


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


28k
Shares
  • change font
  • change font
  • change font

ढाका- रूसले यसै वर्ष जनवरीमा बंगलादेशमा भएको चुनावअघि नै सत्तापलट हुने सूचना दिएको खुलेको छ ।

बंगलादेशको चर्चित पत्रिका ढाका ट्रिब्यूनले प्रकाशित गरेको समाचारअनुसार अमेरिकी योजनामा सत्तापलट हुने सूचना रुसले उपलब्ध गराएको थियो ।

रूसले त्यसबेला अमेरिकाका नेतृत्वको पश्चिमी देशका गठबन्धनले बंगलादेशमा हिंसाको बलमा सत्तापलट गर्ने भविष्यवाणी गरिदिएको थियो । रूसी प्रवक्ताले अमेरिकामाथि बंगलादेशको आमचुनावअघि भएको हिंसामा संलग्न भएको आरोप पनि लगाएको थियो ।

रुसले ८ महिनाअघि बंगलादेशमा सत्ता पलट हुने भनेर गरेको भविष्यवाणीलाई कसैले पनि गम्भीरतापूर्वक नलिएको ढाका ट्रिब्यूनले लेखेको छ ।

त्यसबेला रुसले गरेको दाबी अहिले सत्यसावित भएको छ । विद्यार्थी आन्दोलनको बलमा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देशबाट भागसकेकी छन् ।

आठ महिना पहिले रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले अमेरिकामाथि बंगलादेशलाई अस्थिर बनाइरहने योजनाको आरोप लगाएकी थिइन् ।

‘अमेरिका बंगलादेशको स्थितिलाई अरब क्रान्तिकै शैलीमा अस्थिर बनाउन खोजिरहेको छ । हामीले बंगलादेशको हालेको घटनाक्रम र पश्चिमी राजनीतिक मिशनबीच सीधा सम्बन्ध देखेका छौँ’, उनले त्यसबेला भनेकी थिइन् ।

जखारोभाले बंगलादेशमा जनवरी २०२४ मा भएको आमचुनाअघि अमेरिकाको इशारामा हिंसा फैल्याउने कोशिश भएको पनि बताएकी थिइन् । तर त्यसबेला दुईतिहाइ बहुमतसहित शेख हसिनाले सरकार बनाउन सफल भएकी थिइन् ।

मारिया जखारोभाले के भनेकी थिइन् ?

मारिया जखारोभाले जनवरीमा भएको बंगलादेशको आमचुनावअघि गम्भीर सूचनासहित वक्तव्य दिएकी थिइन् ।

‘यदि बंगलादेशका नागरिकको इच्छाअनुसारको परिणाम आउँदा अमेरिकाका लागि सन्तोषजनक भएन भने उसले अगाडि पनि बंगलादेशमा स्थितिलाई ‘अरब क्रान्ति’ कै शैलीमा अझै अस्थिर बनाउने कोसिस गर्न सक्छ’, उनले भनेकी थिइन् ।

अरब क्रान्ति सरकार विरोधी विरोधी प्रदर्शन र सशस्त्र विद्रोहको एक श्रृंखला थियो । जुन सन् २०१० को दशकको शुरुवातमा अरब जगतका अधिकांश भूभागमा फैलिएको थियो । यो क्रान्ति भ्रष्टाचार र आर्थिक अव्यवस्थाको जवाफमा ट्युनिशियामा सुरु भएको थियो ।

बंगलादेशको हिंसा

रूसी प्रवक्ताले त्यसबेला बंगलादेशको चुनावअगाडि देशभर हिंसाको सम्भावना औंल्याएकी थिइन् ।

‘१२-१३ डिसेम्बर २०२३ मा चुनावको ठीक पहिले कयौँ इलाकामा बंगलादेशी सरकारका विरोधीले सडकमा ट्राफिक जाम गरिदिए । बस जलाइदिए । पुलिससँग झडप गरे । हामी यी घटनालाई ढाकामा पश्चिमी राजनीतिक मिशनको भडकावपूर्ण गतिविधिसँग सीधा सम्बन्ध रहेको देखेका छौँ । विशेष रूपमा अमेरिकी राजदूत पी हासबारे हामीले २२ नोभेम्बरको ब्रिफिङमा चर्चा गरेका थियौँ’, उनले त्यसबेला भनेकी थिइन्, ‘अब आउने सातामा बंगलादेश सरकारविरुद्ध प्रतिबन्धसहित ब्यापक दबाब बढाएको देख्न सक्ने छौँ । जसको प्रयोग पश्चिमाहरूले सुरु गरिसकेका छन् ।’

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १ : १८ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार