रूसले ८ महिनाअघि नै दिएको थियो बंगलादेशमा शेख हसिनाको सत्ता ढल्ने सूचना « Khabarhub

रूसले ८ महिनाअघि नै दिएको थियो बंगलादेशमा शेख हसिनाको सत्ता ढल्ने सूचना


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


28k
Shares
  • change font
  • change font
  • change font

ढाका- रूसले यसै वर्ष जनवरीमा बंगलादेशमा भएको चुनावअघि नै सत्तापलट हुने सूचना दिएको खुलेको छ ।

बंगलादेशको चर्चित पत्रिका ढाका ट्रिब्यूनले प्रकाशित गरेको समाचारअनुसार अमेरिकी योजनामा सत्तापलट हुने सूचना रुसले उपलब्ध गराएको थियो ।

रूसले त्यसबेला अमेरिकाका नेतृत्वको पश्चिमी देशका गठबन्धनले बंगलादेशमा हिंसाको बलमा सत्तापलट गर्ने भविष्यवाणी गरिदिएको थियो । रूसी प्रवक्ताले अमेरिकामाथि बंगलादेशको आमचुनावअघि भएको हिंसामा संलग्न भएको आरोप पनि लगाएको थियो ।

रुसले ८ महिनाअघि बंगलादेशमा सत्ता पलट हुने भनेर गरेको भविष्यवाणीलाई कसैले पनि गम्भीरतापूर्वक नलिएको ढाका ट्रिब्यूनले लेखेको छ ।

त्यसबेला रुसले गरेको दाबी अहिले सत्यसावित भएको छ । विद्यार्थी आन्दोलनको बलमा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देशबाट भागसकेकी छन् ।

आठ महिना पहिले रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले अमेरिकामाथि बंगलादेशलाई अस्थिर बनाइरहने योजनाको आरोप लगाएकी थिइन् ।

‘अमेरिका बंगलादेशको स्थितिलाई अरब क्रान्तिकै शैलीमा अस्थिर बनाउन खोजिरहेको छ । हामीले बंगलादेशको हालेको घटनाक्रम र पश्चिमी राजनीतिक मिशनबीच सीधा सम्बन्ध देखेका छौँ’, उनले त्यसबेला भनेकी थिइन् ।

जखारोभाले बंगलादेशमा जनवरी २०२४ मा भएको आमचुनाअघि अमेरिकाको इशारामा हिंसा फैल्याउने कोशिश भएको पनि बताएकी थिइन् । तर त्यसबेला दुईतिहाइ बहुमतसहित शेख हसिनाले सरकार बनाउन सफल भएकी थिइन् ।

मारिया जखारोभाले के भनेकी थिइन् ?

मारिया जखारोभाले जनवरीमा भएको बंगलादेशको आमचुनावअघि गम्भीर सूचनासहित वक्तव्य दिएकी थिइन् ।

‘यदि बंगलादेशका नागरिकको इच्छाअनुसारको परिणाम आउँदा अमेरिकाका लागि सन्तोषजनक भएन भने उसले अगाडि पनि बंगलादेशमा स्थितिलाई ‘अरब क्रान्ति’ कै शैलीमा अझै अस्थिर बनाउने कोसिस गर्न सक्छ’, उनले भनेकी थिइन् ।

अरब क्रान्ति सरकार विरोधी विरोधी प्रदर्शन र सशस्त्र विद्रोहको एक श्रृंखला थियो । जुन सन् २०१० को दशकको शुरुवातमा अरब जगतका अधिकांश भूभागमा फैलिएको थियो । यो क्रान्ति भ्रष्टाचार र आर्थिक अव्यवस्थाको जवाफमा ट्युनिशियामा सुरु भएको थियो ।

बंगलादेशको हिंसा

रूसी प्रवक्ताले त्यसबेला बंगलादेशको चुनावअगाडि देशभर हिंसाको सम्भावना औंल्याएकी थिइन् ।

‘१२-१३ डिसेम्बर २०२३ मा चुनावको ठीक पहिले कयौँ इलाकामा बंगलादेशी सरकारका विरोधीले सडकमा ट्राफिक जाम गरिदिए । बस जलाइदिए । पुलिससँग झडप गरे । हामी यी घटनालाई ढाकामा पश्चिमी राजनीतिक मिशनको भडकावपूर्ण गतिविधिसँग सीधा सम्बन्ध रहेको देखेका छौँ । विशेष रूपमा अमेरिकी राजदूत पी हासबारे हामीले २२ नोभेम्बरको ब्रिफिङमा चर्चा गरेका थियौँ’, उनले त्यसबेला भनेकी थिइन्, ‘अब आउने सातामा बंगलादेश सरकारविरुद्ध प्रतिबन्धसहित ब्यापक दबाब बढाएको देख्न सक्ने छौँ । जसको प्रयोग पश्चिमाहरूले सुरु गरिसकेका छन् ।’

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १ : १८ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी