देशलाई चाँडै पूर्ण विद्युतीकरण घोषणा गर्दैछौँ : कुलमान | Khabarhub Khabarhub

देशलाई चाँडै पूर्ण विद्युतीकरण घोषणा गर्दैछौँ : कुलमान


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डाकेका पत्रकार सम्मेलन शुरू भएको छ ।

उनी २०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए । कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा घिसिङले पत्रकार सम्मेलन गरेका हुन् ।

डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवादमा व्यापारी र सरकारसँग टकराव खेपिरहेका घिसिङले यसमाभन्दा तीन वर्षे प्रगति सुनाइरहेका छन् ।

उनले पत्रकार सम्मेलनका क्रममा देशलाई छिट्टै पूर्ण विद्युतीकरण घोषणा गरिने योजना सुनाए । उनले प्राधिकरणको नाफा वास्तविक भन्दै कागजी मात्रै नभएको स्पष्टीकरण दिए ।

‘८ वर्षमा ४७ अर्ब सञ्चित नाफा भएको छ । जम्मा ८२ अर्ब नाफा भएको छ’, उनले भने, ‘यति धेरै नाफा डेडिकेटेड र ट्रङ्कलाइन महसुलले मात्रै भएको होइन ।’

घिसिङले महालेखाबाटै अडिट गरी आएको हिसाबअनुसार नाफाको विवरण आफूले भनेको पनि बताए ।

‘तीनपटक गरि २५ प्रतिशत महसुल घटाउँदा पनि हामी नाफामा छौं’, उनले भने, ‘कुनै पनि उत्पादनमा यसरी मूल्य घटाउँदा नाफामा जाँदैन । तर प्राधिकरण नाफामा छ ।’

उनले ५९ लाखमध्ये २२ लाख ग्राहकलाई न्यूनतम शुल्क लगाइए पनि बताए । ‘प्राधिकरणले नाफा मात्रै कमाएको छैन, व्यवसायिक उत्तरदायित्व निभाइरहेको छ’, उनले भनेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  २ : ०५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले