कुलमानले सुनाए तीन वर्षे प्रगति, ४७ अर्ब ४१ करोड सञ्चित नाफामा प्राधिकरण « Khabarhub

कुलमानले सुनाए तीन वर्षे प्रगति, ४७ अर्ब ४१ करोड सञ्चित नाफामा प्राधिकरण


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको तीन वर्षे उपलब्धि सुनाएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा रहेको बताएका छन् ।

उनले आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेकोको प्राधिकरण अहिले उल्लेख्य नाफामा गइसकेकको बताएका हुन् ।

‘आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले. ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ,’ उनले पत्रकार सम्मेलनका क्रममा भने ।

२०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएको बताउँदै उनले सामुदायिकसहित ५९ लाख ६० हजार प्राधिकरणका ग्राहक रहेको जानकारी दिए ।

आठ वर्षअघि पहिलो कार्यकालका लागि प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त हुँदा प्रतिवर्ष तीन अर्ब ३२ करोड युनिट विद्युत खपत हुने गरेकोमा अहिले प्रतिवर्ष १० अर्ब २३ करोड युनिट विद्युत खपत भइरहेको घिसिङले बताए ।

प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो मात्रामा लगानी भइरहेको पनि उनले बताए । सुकुम्बासी बस्ती, चेपाङ बस्ती र मुसहर बस्तीलगायत विपन्न वर्गको घरपरिवारमा विद्युत् पुर्‍याउन नि:शुल्क मिटरसमेत वितरण गरिएको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  २ : २१ बजे

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई