प्राधिकरणले गत आर्थिक वर्ष मात्रै कमायो १३ अर्ब ३१ करोड नाफा « Khabarhub

प्राधिकरणले गत आर्थिक वर्ष मात्रै कमायो १३ अर्ब ३१ करोड नाफा


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारेको जानकारी दिएका हुन् ।

दोस्रो कार्यकालका लागि प्रबन्ध निर्देशक नियुक्त भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गरेर घिसिङले प्राधिकरणले गत आर्थिक वर्षमा त्यतिका कमाएको नाफा बताएका हुन् ।

‘आर्थिक वर्ष ०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता पछाडि फर्केर हेर्नु परेको छैन,’ घिसिङले भने, ‘आर्थिक वर्ष ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफ कमाउँदै प्राधिकरणले सुरु गरेको आफ्नो गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।’

आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ संचित नाफमा पुगेको पनि उनले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  २ : ३६ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान