एएफसी च्यालेन्ज लिगको प्लेअफकाे तयारी अन्तिम चरणमा « Khabarhub

एएफसी च्यालेन्ज लिगको प्लेअफकाे तयारी अन्तिम चरणमा


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्लेअफका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

शुक्रबार ललितपुरस्थीत एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै चर्च ब्वाइजले साउन २९ गते दशरथ रंगशालामा हुने उक्त खेलको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

उक्त खेलका लागि चर्च ब्वाइजले ३ विदेशी सहित २३ जना खेलाडी अनुबन्ध गरेको जनाएको छ । टोलीको कप्तानी अनन्त तामाङ र उपकप्ताको जिम्मेवारी एरिक विष्टले पाएको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए ।

उनले टिमप्रति सन्तुष्ट रहेको र राम्रो नजिता आउने बताए । छोटो समयमा पनि टीमले तयारी गरेको र यसबीचमा भएको आन्तरिक मैत्रीपूर्ण खेल राम्रो देखिएको उनको भनाइ छ ।

महर्जनले भुटानी टोली पारो एफसीको टिममा विदेशी खेलाडी धेरै भए पनि चर्च ब्वाइजले होम ग्राउन्डका फाइदा उठाउने विश्वास व्यक्त गरे ।

उक्त खेलका लागि साधारण प्याराफिट तर्फको टिकट रु दुई सय र भिआइपी प्याराफिटको टिकट ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस खेलसंगै दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता पनि फर्किएको छ । प्लेअफको विजेताले एएफसी च्यालेन्ज लिगको समूह चरण खेल्नेछ । समूह चरणका खेलहरू अक्टोबर २६ देखि हुनेछ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ३ : ०६ बजे

सरकारले छुट्टै मानसिक स्वास्थ्य नीतिको तयारी थालेको छः स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– सर्वोच्च अदालतको परमादेशपछि मानसिक स्वास्थ्य सेवा विस्तार गर्न सरकारमाथि

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला