नागपञ्चमीको अवसरमा टौदहमा मेला, नागपूजा गर्नेको भीड « Khabarhub

नागपञ्चमीको अवसरमा टौदहमा मेला, नागपूजा गर्नेको भीड


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको दक्षिण भेगमा पर्ने टौदहमा नागको पूजा गर्न आज भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन लाग्ने मेला भर्न भक्तजनको घुइँचो लागेको हो ।

नागपञ्चमीका दिन गरिने पूजाले नाग प्रसन्न भई मनोकाङ्क्षा पूरा हुने तथा पारिवारिक सुखशान्ति कायम हुने जनविश्वास छ ।

काठमाडौँदेखि करिब नौ किलोमिटर दक्षिणमा रहेको उक्त पोखरीमा कर्कोटक नागको बसोबास रहनुका साथै मानव कल्याणका लागि उक्त नाग क्रियाशील रहेको किंवदन्ती रहेको स्थानीय दीपक नेपालले जानकारी दिए ।

प्राचीनकालमा निर्माण भएको पोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यकाका साथै वरपर क्षेत्रबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । पोखरी नजिक स्नान गरी धार्मिक अनुष्ठान, पूजा तथा फूल, अक्षतालगायत बारीमा फलेका फलफूल र अन्य वस्तु चढाउने प्रचलन छ । जनैपूर्णिमाको दिनमा पनि यहाँ मेला लाग्ने गर्दछ । देशभरका नाग दहमा आज पूजा गर्न मेला लागेको छ ।

यसैबीच नागपञ्चमीका दिन हिन्दू धर्मावलम्बीले घरघरमा नागको चित्र तथा तस्बिर टाँसेर देवताका रूपमा पूजा गर्ने प्रचलन छ । बिहानै स्नान गरी पवित्र भई नागको चित्र वा मूर्तिलाई गाईको गोबरले टाँस्ने, नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दूर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँसेपछि आगलागी, चट्याङ, सर्प, बिच्छीलगायतको भयबाट बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ३ : ४८ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु