मलेसियाबाट फर्किएका युवा ड्रागनखेतीमा रमाउँदै « Khabarhub

मलेसियाबाट फर्किएका युवा ड्रागनखेतीमा रमाउँदै


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

पाल्हीनन्दन– बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रूपमा सुरु गरेका किसानले अहिले व्यावसायिक ड्रागनखेती गर्न थालेका छन् ।

वैदेशिक रोजगारका सिलसिलामा मलेसिया रहेका प्रतापपुर गाउँपालिका–७ का ३७ वर्षीय सुर्जकुमार मौर्यले स्वदेश फर्किएपछि व्यावसायिक रूपमा ड्रागन खेती सुरु गरेका छन् । भारतको हरियाना कृषि ज्ञान केन्द्रमा ड्रागन खेतीसम्बन्धी तालिम लिएको भन्दै तीन वर्षदेखि आर्गानिक ड्रागनखेती गर्न थालेको उनले जानकारी दिए ।

सात लाख रुपैयाँको लागतमा छ कट्ठा जग्गामा तीन सय पिल्लरमा एक हजार दुई सय ड्रागनका बोट लगाएको बताउँदै सुरुका वर्षमा खेतीसम्बन्धी आफूलाई ज्ञान नभएकाले नोक्सानी भएको मौर्यले जानकारी दिए । यस वर्ष  बजारीकरणमा कुनै समस्या आएन भने सात लाख रुपैयाँ बराबरको ड्रागन बिक्री गर्ने लक्ष्य रहेको उनले बताए ।

जिल्लामा सात जना किसानले व्यावसायिक रूपमा ड्रागन खेती गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले ड्रागन नयाँ फल भएकाले तालिम तथा प्राविधिक ज्ञान प्राप्त गरेपछि यहाँका किसानले व्यावसायिक रूपमा खेती गर्न थालेका बताए । बिक्रीका लागि स्थानीय बजारका साथै पोखरा, काठमाडौँलगायत स्थानमा पठाउन केन्द्रले सहजीकरण गर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ४ : १७ बजे

विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति

काठमाडौं– नेपाल ऊर्जा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको विद्युत् नियमन

पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव

गण्डकी– कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

म्याग्दी– भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी

रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

धरान– तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

मुस्ताङ– अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो