मलेसियाबाट फर्किएका युवा ड्रागनखेतीमा रमाउँदै « Khabarhub

मलेसियाबाट फर्किएका युवा ड्रागनखेतीमा रमाउँदै


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

पाल्हीनन्दन– बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रूपमा सुरु गरेका किसानले अहिले व्यावसायिक ड्रागनखेती गर्न थालेका छन् ।

वैदेशिक रोजगारका सिलसिलामा मलेसिया रहेका प्रतापपुर गाउँपालिका–७ का ३७ वर्षीय सुर्जकुमार मौर्यले स्वदेश फर्किएपछि व्यावसायिक रूपमा ड्रागन खेती सुरु गरेका छन् । भारतको हरियाना कृषि ज्ञान केन्द्रमा ड्रागन खेतीसम्बन्धी तालिम लिएको भन्दै तीन वर्षदेखि आर्गानिक ड्रागनखेती गर्न थालेको उनले जानकारी दिए ।

सात लाख रुपैयाँको लागतमा छ कट्ठा जग्गामा तीन सय पिल्लरमा एक हजार दुई सय ड्रागनका बोट लगाएको बताउँदै सुरुका वर्षमा खेतीसम्बन्धी आफूलाई ज्ञान नभएकाले नोक्सानी भएको मौर्यले जानकारी दिए । यस वर्ष  बजारीकरणमा कुनै समस्या आएन भने सात लाख रुपैयाँ बराबरको ड्रागन बिक्री गर्ने लक्ष्य रहेको उनले बताए ।

जिल्लामा सात जना किसानले व्यावसायिक रूपमा ड्रागन खेती गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले ड्रागन नयाँ फल भएकाले तालिम तथा प्राविधिक ज्ञान प्राप्त गरेपछि यहाँका किसानले व्यावसायिक रूपमा खेती गर्न थालेका बताए । बिक्रीका लागि स्थानीय बजारका साथै पोखरा, काठमाडौँलगायत स्थानमा पठाउन केन्द्रले सहजीकरण गर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ४ : १७ बजे

जनकपुरविरुद्ध टस जितेको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको एकमात्र खेलमा जनकपुर

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

बागलुङ- दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनैतिक

विश्रान्ति वृद्धाश्रममा देउसीभैलोको रौनकः ज्येष्ठ नागरिकको मुहारमा खुसी

धनकुटा- छेउमै निरन्तर सुसाइरहने तमोर नदी । नजिकै छ विश्रान्ति

नारायणगढ–मुग्लिङ सडकमा जाम (तस्बिरहरू) 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक

पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल

जुम्ला– जुम्लाको गुठिचौर गाउँपालिका–१ मा रहेको आकासे ताल पछिल्लो समय