अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  « Khabarhub

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा  अर्घाखाँची जिल्ला पाणीनी गाउँपालिका वडा नं. ७ दुविचौर घर भई हाल काठमाडौंको तारकेश्वर बस्ने  २१ वर्षीय लक्ष्मी माझी रहेकी छन् ।

माझीले बिभिन्न व्यक्तिलाई अमेरिका पठाइदिन्छु, राम्रो सजिलो काम हुन्छ जहाँ मासिक दुई लाख रुपैयाँ तलव सम्म हुन्छ भन्दै प्रलोभनमा पारी  ५४ लाख ७ हजार ८ सय ७० रुपैयाँ लिई फरार रहेकोले साउन १५ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउको अनुमति समेत जारी भएपछि उनको  खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार तारकेश्वरबाट पक्राउ गरेको हो  ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ५ : २३ बजे

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्

निर्माण गरेको दुई वर्षमै पुल जोखिममा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने

जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएकाहरू भेटिए

हुम्ला । जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि

सुत्केरी व्यथाले च्यापेकी उत्तरी गोरखाकी एक महिलालाई हेलिकप्टरबाट उद्धार

गोरखा । गोरखाकी एक गर्भवती महिलालाई निर्धारित मितिभन्दा १३ दिनअघि