उपप्रमुख डंगोल भन्छिन्- महानगरमा दर्ता भएका ६१ प्रतिशत विवाद मिलायौँ « Khabarhub

उपप्रमुख डंगोल भन्छिन्- महानगरमा दर्ता भएका ६१ प्रतिशत विवाद मिलायौँ

४३ हजार बढीलाई नि:शुल्क कानुनी सहायता


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवमम् न्यायिक समिति संयोजक सुनिता डंगोलले ४३ हजार बढीलाई नि:शुल्क कानुनी सहायता दिएको बताएकी छन् ।

महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले गरेको ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिकासम्बन्धी अभिमुखीकरण’ कार्यक्रमको शुक्रबार उद्घाटनका क्रममा उनले यसो भनेकी हुन् ।

‘हिजोसम्मको तथ्याङ्क हेर्दा ४३ हजारभन्दा बढी महानगरवासीले नि:शुल्क कानुनी सेवा लिइसक्नु भएको छ,’ उनले भनिन्, ‘तथ्याङ्कअनुसार प्रत्येक महिना कम्तीमा ३ हजारदेखि ३५ सयसम्मले नि:शुल्क कानुनी सहायता लिइरहनु भएको छ ।’

डंगोलले आफू निर्वाचित भएपछि ३२ वटै वडामा वडा महिला सञ्जाल गठन र मेलमिलाप केन्द्र सञ्चालन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेकी थिइन् ।

उनी उपमेयर निर्वाचित भएपछि वडा महिला सञ्चालन कार्यविधि, २०७९ र मेलमिलाप केन्द्र सञ्चालन निर्देशिका, २०७९ सञ्चालनमा आएको छ ।

उनले काठमाडौं महानगरपालिकाले भनाइमा मात्रै होइन, व्यवहारमै न्यायको पहुँचलाई प्रयोगमा ल्याएको उल्लेख गरिन् ।

‘महानगरपालिकाले नेपाल ल क्याम्पससँग सम्झौता गरेर त्यहाँका विद्यार्थीलाई ३२ वटै वडामा नि:शुल्क कानुनी सेवा दिन सहजकर्ताका रुपमा राखेका छौँ,’ उनले भनिन्, ‘नि:शुल्क कानुनी सहायताका कारण लेख्न, पढ्न नसक्ने वडावासीलाई मात्रै होइन कानुनी प्रक्रियाबारे जानकारी नभएकाहरुलाई पनि निकै सहज भएको छ ।’

उनले अहिले यो कार्यक्रम ३२ वटै वडामा निकै रुचाइएको कार्यक्रम भएको पनि उल्लेख गरिन् ।

उनले काठमाडौं महानगरपालिकाले मेलमिलापलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै अहिले करीब ६१ प्रतिशत बढी मुद्धाको विवाद निरुपण गरिसकेको बताइन् ।

उनले आफू निर्वाचित भएर आएपछि वडा–वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने तयारी गर्दा विवाद निरुपणको तथ्याङ्क ४ प्रतिशत मात्रै रहेको जानकारी दिइन् ।

‘त्यो तथ्याङ्क देख्दा मन दुख्यो र हामीले यसमा धेरै प्रयास गर्नुपर्ने छ भन्ने लाग्यो,’ उनले भनिन्, ‘त्यपछि निकै मेहनतका साथ काम गर्दै गयौँ । पहिलो वर्ष २० प्रतिशतमा राख्न सफल भयौँ । दोस्रो वर्ष अझ त्यसलाई प्रभावकारी बनाउने भनेर छलफल गरेर, योजना बनाएर अघि बढ्यौँ । हामीले कानुनमा पनि केही संशोधन गरेर निशुल्क सेवाको व्यवस्था गरी थप प्रभावकारी ढंगले अघि बढ्यौँ । हामीले हिजोसम्मको तथ्याङ्क हेर्ने हो भने ६१ प्रतिशत पुर्याउन सफल भयौँ ।’

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ५ : २४ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको