टीआरसी विधेयक साउन २९ को बैठकमा पेस गर्न सभामुखलाई पत्र « Khabarhub

टीआरसी विधेयक साउन २९ को बैठकमा पेस गर्न सभामुखलाई पत्र


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले सत्यनिरुपण तथा वेपत्ता पारेका व्यक्तिको छानबिन गर्न बनेको विधेयक (टीआरसी) लाई आगामी बैठकमा पेस गर्न पत्राचार गरेको छ ।

शुक्रबार सभामुख देवराज घिमिरेलाई भेटेर समितिकी सभापति विमला सुवेदीसहितको टोलीले संसदीय समितिबाट सर्वसम्मत पारित विधेयक पहिलो बैठकमै पेश गर्न भनेकी हुन् । प्रतिनिधि सभा बैठक साउन २९ गते बस्दैछ ।

उक्त समितिबाट बिहीबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) माथि दफावार छलफलबाट पारित भएसँगै सभापति सुवेदीले प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्न पत्राचार गरेकी हुन् ।

प्रतिनिधि सभाको २०८० साल वैशाख १५ गतेको बैठकबाट दफावार छलफलका लागि उक्त विधेयक समितिमा पठाइएको थियो । समितिमा विचाराधीन विधेयक शीर्ष तहमै भएको सहमतिअनुसार बिहीबारको बैठकबाट पास भएको हो ।

प्रतिनिधि सभामा केही दिन छलफल गरेर यो विधेयक पारित गर्ने तयारी दलहरूले गरेका छन् । प्रतिनिधि सभाले पारित गरेपछि विधेयक राष्ट्रिय सभामा पठाइनेछ ।

राष्ट्रिय सभाले पारित गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेर विधेयकले कानूनी रुप लिनेछ । यसअघि साउन २३ मा शीर्ष नेताहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलको प्रतिवेदन बुझेका थिए ।

सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त प्रतिवेदन बुझेका थिए ।

तीन दलका तीन शीर्ष नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ५ : ४७ बजे

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न