कारोबारमा नयाँ रेकर्ड राख्दै साताभर १० अंकले बढ्यो नेप्से « Khabarhub

कारोबारमा नयाँ रेकर्ड राख्दै साताभर १० अंकले बढ्यो नेप्से

२८ सयको बिन्दु किन पार गरेन ?


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबारमा नयाँ इतिहास बनाएको छ । आइतबार सार्वजनिक बिदा भएकाले सोमबारदेखि मात्र शेयर कारोबार भएकोमा मङ्गलबार २३ अर्ब रुपैयाँको कारोबारसँगै नयाँ रेकर्ड बनाएको हो । मंगलबार नेप्से १४९ अंकले घटे पनि कारोबारमा भने उछाल आएको थियो ।

अघिल्लो साताको बिहीबार २७५५.६२ बिन्दुमा रहेको नेप्से सूचकाङ्क सातामा १०.७६ अंकले बढेर २७६६.३८ बिन्दुमा पुगेको छ । सातामा ४ दिन कारोबार हुँदा एक दिन बजार घट्यो भने बाकी ३ दिन बजार बढ्यो । बजार एक दिनमात्र घट्ता पनि समग्रमा दैनिक औसत २.६९ अंकले नेप्से बढेको छ ।

४ दिनमा ८२ अर्ब ७१ करोड ३१ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औसत २० अर्ब ६७ करोड ८२ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ । कारोबारमा उछाल आउँदा ४ दिनमा १६ करोड ५१ लाख ८६ हजार ५१७ कित्ता शेयर किनबेच भएको छ । दैनिक औसत ४ करोड १२ लाख ९६ हजार ६५४ कित्ता शेयर किनबेच भएको हो ।

यो साताको ४ दिन अवधिमा ९ लाख २० हजार ७८८ पटक शेयर किनबेच हुँदा दैनिक औसत २ लाख ३० हजार १९७ पटक शेयर किनबेच भएको छ । समग्रमा यो साता शेयर बजार सकारात्मक नै हरेको देखिएको छ ।

२८ सयको बिन्दु किन पार गरेन ?

यो साता नेप्से सूचकाङ्क ३ दिन २८ सय बिन्दु पुगेर तल झरेको थियो । बजार सबैभन्दा बढी घटेको दिन पनि नेप्से भने २८ सय बिन्दु पार गरेको थियो । तर, बजार बन्द हुँदा भने २८ सय बिन्दुमा टिक्न सकेको थिएन ।

२८ सय बिन्दु पार गर्दै बजार तल झर्नुको अर्थ दैनिक बजार करेक्सन भएर अगाडि बढिररहेको इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार बताउँछन्‌ । अर्को साताबाट नेप्सेले २८ सयको बिन्दु समेत पार गर्ने रौनियार बताउँछन् ।

‘अहिले लगानिकर्ताको मनोभावना सकारात्मक छ । प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनर एउटै लाइनको हुनुहुन्छ’, रौनियारले भने, ‘त्यसले गर्दा बजारले २८ सयको बिन्दु छिट्टै पार गर्छ ।’

अब आगामी साताबाट संस्थागत लगानीकर्ता पनि प्रवेश गर्ने भएकाले बजारले गति लिन सक्ने रौनियारको भनाइ छ । अहिले पनि बजार ३२ सय बिन्दुभन्दा तल नै रहेकाले लगानीकर्ता घाटामै रहेको रौनियारको भनाइ छ ।

नेप्से पटकपटक २८ सय बिन्दुभन्दा तल झर्नुको अर्थ बजार सम्हालिँदै माथि जाँदै गरेको र बजार स्थिर भएको पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।

‘यसले बजार स्टेबल छ, बजार करेक्सन हुँदै अघि बढिरहेको छ भन्ने नै हो’, पोखरेलले भनिन्, ‘२८ सय बिन्दु पार गर्दै झरेको हेर्दा बजारले अब गति लिन्छ भन्नेमा हामी लगानीकर्ता विश्वस्त छौँ ।’

अब बजारले २८ सयको बिन्दु पार गर्नेमा शेयरधनी संघका अध्यक्ष धनश्याम पाण्डे पनि सहमत छन् । अहिले आम मनोविज्ञान र माहोल पनि राम्रो भएकाले २८ सयको बिन्दु चाँडै ब्रेक हुने पाण्डेको भनाइ छ । ‘बजार एकैचोटि बढेको-बढ्यै गर्नुपर्छ भन्ने हुँदैन’, पाण्डेले भने, ‘बजारमा करेक्सन आउँदै माथि जानुपर्छ । अहिले बजारमा त्यही भइरहेको छ ।’

अब नेप्सेले २८ सय बिन्दु चाँडै नै पार गर्ने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् । ‘कारोबारमा नयाँ रेकर्ड समेत कायम गरेकाले बजारले २८ सयको बिन्दु चाँडै पार गर्छ’, ढकालले भने, ‘२८ पार गर्दै झदै गर्नुको अर्थ बजार बलियो रहेको सङ्केत हो ।’

२८ सय बिन्दु पार गर्न नसक्नुमा जनरल इन्भेष्टर एसोसिएसनका अध्यक्ष दीपक कार्कीको भने फरक मत छ । सामाजिक सञ्चाल र अन्य माध्यममा नचाहिँदो हल्ला बढी गरेकाले २८ सय बिन्दु पार गर्न नसकेको कार्कीको भनाइ छ ।

‘नचाहिने हल्लाले लगानीकर्ता आत्तिने र झस्किने गरेका छन्’, कार्कीले भने, ‘यो प्रवृत्ति कायम रह्यो भने अर्थ मन्त्रालयले पुँजी बजारलाई एउटा कुनामा लगेर राखे हुन्छ ।’

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ६ : ०९ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट– जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिममा– प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८

काठमाडौं र भक्तपुरमा मतदान गर्दै मतदाताहरू (तस्बिरहरू)

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ।

परिवर्तनको आशा बोकेर मतदान

काठमाडौं– डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर

बस्ती स्थानान्तरणको माग राख्दै दाङको २ मतदान केन्द्रका मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– लामो समयदेखि बस्ती स्थानान्तरणको माग राख्दै आएका दाङको दुई