कानुनमन्त्रीले भने- कानुन संशोधनबाट बलात्कारलाई वर्गीकरण गरौँ « Khabarhub

कानुनमन्त्रीले भने- कानुन संशोधनबाट बलात्कारलाई वर्गीकरण गरौँ


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जबरजस्ती करणीलाई वर्गीकरण गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाअन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

कानुन न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले बलात्कारको कानुन संशोधन गर्नुपर्ने सुझाएपछि मन्त्री चौरसियाले पनि त्यो आवश्यक रहेको बताए ।

उनले आफ्ना कुरा राख्ने क्रममा दुई जना केटाकेटी कहीँ कतै जाँदा एउटै भर्सन हुने (मिलेर जाने) तर फर्किएपछि अनेक किसिमका मुद्दा लगाउने गरिएको भन्दै नयाँ परिभाषा खोजेका हुन् ।

‘जबरजस्ती करणीको सम्बन्धमा ‘क्याटेगोरी’ छुट्याउनु आवश्यक छ। कम उमेरका कहीँ जान्छन्, जाँदासम्म केटा र केटीको मन मिलेको हुन्छ, एउटै भर्सन हुन्छ । पछि घरमा आएपछि केटीको मन चेन्ज हुन्छ । आमाबुवातिर पनि हेर्छन्, परिवारको मान प्रतिष्ठाको पनि कुरा आउँछ । अनि अनेक किसिमका मुद्दा लाग्ने गरेका छन् । त्यो कानुनमा सुधार गर्नुपर्छ,’ उनले भने ।

अहिले कारागारमा पनि विभिन्न प्रकारका समस्या रहेको पनि बताएका छन् । राष्ट्रले धान्नसक्ने संशाधनभित्र रहेर बाल सुधारगृह र कारागारबारे उनले सांसदहरूसँग सुझाव पनि मागे ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ५ : ५५ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत अवस्थामा भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका