‘आन्छनका कथा’ र ‘पृथ्वीको श्वेतपत्र’ सार्वजनिक « Khabarhub

‘आन्छनका कथा’ र ‘पृथ्वीको श्वेतपत्र’ सार्वजनिक


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कथाकार चन्द्र मादेन आन्छनको ‘आन्छनका कथा’ र कवि अमरदीप सुनुवारको कविता सङ्ग्रह ‘पृथ्वीको श्वेतपत्र’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले शुक्रबार आयोजित बेग्लाबेग्लै कार्यक्रममा ती कृतिको लोकार्पण गरे ।

आन्छनको कृतिमा ‘आमा अलप भइन्’, ‘नेता जी र माइली आमा’, ‘जनमुक्ति योद्धाको बिलौना’, ‘खलनायक मामा र महानायक भान्जा’, ‘भङ्गेरीको पीडा’ र ‘एकै रातमा नयाँ जिन्दगी’लगायत शीर्षकमा नेपाली समाज र समसामयिक विषयवस्तु समेटिएका १० वटा कथा छन् ।

त्यस्तै स्रष्टा अमरदीपको कृतिमा ‘नदीको शपथ’, ‘आस्थाका आयामहरू’, ‘मेरु लिखु नदी’, ‘साइक्याट्रिक महामारी’, ‘आधुनिक चराहरू’, ‘जेब्राक्रसको मूल्य’ र ‘सगरमाथालाई ज्ञापनपत्र’ लगायतका विभिन्न विषयवस्तु र घटना र परिस्थिति समेटिएका कविता छन् ।

समारोहमा कुलपति राईले पहिलेका कृतिमा अरूका विषयवस्तु र घटनामा आधारित भएर कथा, कविता लेखिने गरेकामा पछिल्ला समय स्रष्टाहरूले आफ्नै बारेमा लेख्दा वास्तविक विषयवस्तु सबैले बुझ्ने गरी बाहिर आउने बताए । अहिले समाजमा आफ्नो अस्तित्वको बोध र उपस्थिति जनाउनका लागि लेखनकला अघि बढाउन लागिएको पाइएको उनको टिप्पणी थियो ।

बाल प्रतिभा कार्की र पाण्डेलाई पुरस्कृत

साहित्यकार एवं सञ्चारकर्मी दाहाल यज्ञनिधि दाहालको छैटौँ स्मृति दिवसका अवसरमा बाल प्रतिभा दिनेश कार्की र आस्ना पाण्डेलाई पुरस्कृत गरिएको छ ।

दाहाल यज्ञनिधि सुधा सदनद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति राईले दरबार हाइस्कुलबाट कक्षा आठको परीक्षामा नेपाली विषयमा सबैभन्दा बढी जिपिए ल्याउने छात्रतर्फ कार्की र छात्रातर्फ पाण्डेलाई जनही१० हजार रुपैयाँसहित सम्मान गरे ।

त्यसअवसरमा कुलपति राईले साहित्यकार ज्ञानमणि नेपाललाई मरणोप्रान्त एक लाख ५० हजार रुपैयाँ नगद र ताम्रपत्रसहित सम्मान प्रदान गरे । नेपाली साहित्य र इतिहासका क्षेत्रमा विशिष्ट योगदान दिएबापत उनलाई सम्मान गरिएको हो । सो सम्मान नेपालका छोरा सन्तोषले ग्रहण गरे ।

विसं २०१० साउन ५ गते जन्मिएका दाहालको २०७५ साउन २५ गते निधन भएको थियो । लामो समयसम्म दरबार हाइस्कुलमा अध्यापन गराउने उत्कृष्ट उद्घोषक दाहालले आमनेपाली र साहित्यप्रेमीको मन जित्न सफल भएका थिए । उनका ‘जदौँ निबन्ध’ र ‘दाहाल यज्ञनिधिका कविता’ प्रकाशित छन् । कथित तल्लो जातिले कथित माथिल्लो जातिलाई अभिवादनमा प्रयोग गरिने जदौँ शब्दलाई रेडियो नेपालमार्फत व्यापक जनमानसमा फैलाएको श्रेय उनलाई नै जान्छ ।

राससबाट

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ५ : ५८ बजे

मोरङ ६ मा एमालेका ढकाललाई उज्यालो नेपालका बुढाथोकीको समर्थन

विराटनगर- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर

बाबुराम-जनार्दनको विचित्र राजनीति, नेकपाविरोधी सबैलाई प्रलोपाको समर्थन

काठमाडौं– पूर्वमाओवादी नेताहरू डा बाबुराम भट्टराई र जनार्दन शर्माहरूले पछिल्लो

इजरायलले तेहरानको ‘मुटु’ मा प्रहार गरेपछि भीषण विस्फोट

काठमाडौं- इजरायलले इरानको राजधानी तेहरानको ‘मुटु’ मा प्रहार गरेको जनाएको

इरानी आक्रमणबाट तेल अभिभमा ठूलो क्षति, कम्तीमा ४० घर क्षतिग्रस्त

तेलअभिभ- इरानले शनिबार गरेको आक्रमणपछि इजरायलको तेल अभिभ सहरमा कम्तीमा

कांग्रेसले आयोगलाई भन्यो : प्रचारमा चुनाव चिह्न र राष्ट्रिय झण्डाको प्रयोग रोक्नू

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा