पर्यटनमन्त्रीले पूर्वमन्त्रीसँग भने- नियामक र सेवा प्रदायक निकायलाई छुट्याऊँ « Khabarhub

पर्यटनमन्त्रीले पूर्वमन्त्रीसँग भने- नियामक र सेवा प्रदायक निकायलाई छुट्याऊँ


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पूर्व पर्यटन मन्त्रीहरूसँग छलफल गरेका छन् ।

छलफलमा पूर्व पर्यटनमन्त्रीहरूले नेपाल नागरिक उड्डयन ऐनमा नियामक निकाय र सेवा प्रदायक निकायहरू एक साथ राख्न नहुने बताउँदै यिनीहरूलाई अलग अलग बनाउनु पर्नेमा जोड दिएका छन् ।

शुक्रबार मन्त्रालयमा भएको बैठकमा समग्र हवाई क्षेत्रको सुधारका लागि पूर्व मन्त्रीहरूको अनुभव सहितको सुझावका लागि मन्त्री पाण्डेले छलफल गरेका हुन् ।

मन्त्री पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयनका विषयमा अलग अलग सुझाव मागेका थिए । सोही क्रममा पूर्व मन्त्रीहरूले नेपालमा जहाज दुर्घटना मानवीय, प्राविधिक र मौसमी कारणले हुने गरेको बताएका थिए ।

उनीहरूले मानवीय र प्राविधिक कारणहरू सुधार गर्न सकिने भए पनि मौसमी कारणबारे सचेत रहनु पर्नेमा जोड दिएका हुन् । त्यसै गरी उनीहरूले दुर्घटनापछि ज्यान गुमाइसकेका पाइलटमाथि मात्र दोष लगाउन नहुनेमा समेत स्पष्ट पारेका छन् ।

पूर्व पर्यटन मन्त्रीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणमा आमूल परिवर्तन आवश्यक भएको र सो नभएसम्म मन्त्रालय चुस्त, दुरुस्त रूपमा काम गर्न नसक्ने सुझाव समेत दिएका छन्। उनीहरूले मन्त्रालयको संस्थागत विकासका लागि ऐक्वद्व भएर सहयोग पुर्‍याउने बताएका छन् ।

पूर्व पर्यटन मन्त्रीहरूले नियामक निकाय र सेवा प्रदायक निकायलाई अलग अलग राख्ने विषय विधेयकमा राख्नु पर्ने सुझाव दोहोर्‍याएका थिए । यसका साथै उनीहरूले नागरिक उड्डयनतर्फ वैधानिक र कार्यान्वयनका क्षेत्रमा गम्भीर भएर काम गर्नु पर्ने सुझाव दिएका हुन् ।

उनीहरूले तल्लो तहका कर्मचारीहरूले माथिल्लो तहका कर्मचारीलाई राजनीतिक शक्तिको आवरणमा धम्काउने भएकाले त्यसतर्फ समेत सचेत भई अघि बढ्न अनुरोध समेत गरेका छन् ।

उनीहरूले जहाज खरिद र मर्मत गर्ने कुरामा सोच विचार गरेर मात्रै काम गर्न सुझाव दिए । नागरिक उड्डयन प्राधिकरण लगायतका क्षेत्रमा बेथिति रहेकाले सचेत भएर नडगमगाई काम गर्न समेत उनीहरूको सुझाव रहेको थियो।

पूर्वमन्त्रीहरूले घटना भएपछि आयोग बनाउनु भन्दा पनि घटना नहुँदै आयोग बनाएर दुर्घटना हुन नदिने गरी काम गर्नु पर्ने सुझाव दिएका छन् ।

त्यसै गरी उनीहरूले नजिकका स्वार्थ समूहहरूबाट बच्न समेत सुझाएका छन् । उनीहरूले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईसीएओ) नियम पालना गरेर अघि बढ्न समेत आग्रह गरे।

त्यस्तै  उनीहरूले हवाई माफियाबाट सचेत रहन सुझाव दिए । विभागीय मन्त्रीहरूलाई विना कारण नियोजित रूपमा फसाउने षड्यन्त्र हुने भएकाले त्यसतर्फ सचेत रहन समेत अनुरोध गरेका छन् ।

उनीहरूले लुम्बिनी विकास कोष,पशुपति क्षेत्र विकास कोष, पर्यटन बोर्ड लगायतका क्षेत्रमा भएका बेथितिहरूको अन्त्य गर्दै अघि बढ्न जोड दिएका छन्।

साथै विमान स्थल सुधारका लागि आयल निगमको डिपोहरू सार्नु पर्ने, ट्याक्सी पार्किङमा सुधार गर्नु पर्ने, क्यानको वर्तमान संरचनामा सुधार गर्दै अघि बढ्न मन्त्री पाण्डेलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ७ : ३१ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का