कांग्रेसले भन्यो- बंगलादेशमा हिन्दू-बौद्ध अल्पसंख्यकमाथिको आक्रमण चिन्ताजनक « Khabarhub

कांग्रेसले भन्यो- बंगलादेशमा हिन्दू-बौद्ध अल्पसंख्यकमाथिको आक्रमण चिन्ताजनक

शान्तिपूर्ण अवस्था बहाली भएर स्वतन्त्र निर्वाचन हुने विश्वास


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले छिमेकी मुलुक बंगलादेशमा केही सातादेखि विकसित भइरहेको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै मुख्यसचिव कृष्णप्रसाद पौडेलले बंगलादेशको राजनीतिक अवस्थाबारे पार्टी गम्भीर रहेको जनाएका हुन् ।

‘नेपाली कांग्रेसले लोकतान्त्रिक र शान्तिपूर्ण बंगलादेशको पक्षमा रहेको तथा बंगलादेशी नागरिकको लोकतान्त्रिक तथा मानव अधिकारलाई उच्च सम्मान गर्दै आएको छ’, पौडेलले भनेका छन्, ‘त्यसैले लोकतन्त्र र शान्तिप्रेमी बंगलादेशी नागरिकको चाहना र भावना अनुसार लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अविलम्ब बहाल भई राजनीतिक संक्रमण अन्त्य हुने नेपाली कांग्रेस विश्वास गर्दछ ।’

कांग्रेसले बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई पनि दिएको छ। अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षहरूसँग समेत परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा कांग्रेसले गरेको छ।

कांग्रेसको बैठकले बंगलादेशका हिन्दु र अल्पसंख्यकमाथि भएको आक्रमणको पनि चिन्ता गरेको छ । उसले बंगलादेशमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा बंगलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न हुने विश्वास पनि लिएको छ ।

‘विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसंख्यक विशेष गरी हिन्दु, वुद्धिष्ट समुदायमाथि आक्रमण गरिएका घटना चिन्ताजनक छन्’, पौडेलले भनेका छन्, ‘धार्मिक अल्पसंख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण बनाउन सफल हुने कांग्रेसले विश्वास लिएको छ ।’

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ७ : ४० बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र