यमनमा भीषण वर्षा, ४५ जनाको मृत्यु « Khabarhub

यमनमा भीषण वर्षा, ४५ जनाको मृत्यु


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

साना – पश्चिमी यमनमा साता लामो भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको यमनको सरकारी टिभीले यमनको रेड क्रिसेन्ट सोसाइटीको विज्ञप्तिलाई उद्धृत गर्दै शुक्रबार जनाएको छ ।

यस साता सातवटा प्रदेशमा परेको वर्षा र बाढीले १२ जना बेपत्ता भएकोसमेत भएको टेलिभिजनले जनाएको छ । बाढीले १२ हजार पाँच सय ८४ भन्दा बढी घरमा क्षति पु-याएको छ भने तीन हजार छ सय ४० जना विस्थापित भएका छन् ।

सात प्रभावित प्रान्तमध्ये होडेडाह सबैभन्दा बढी प्रभावित भएको छ । अन्य प्रभावित क्षेत्रमा हज्जाह, अमरान, सादा, धमार, ताइज र साना रहेका छन् । टेलिभिजनमा प्रसारित फुटेजमा भारी वर्षा र बाढीले पूर्ण रूपमा बगाएको होडेडाहको एउटा गाउँ देखाइएको थियो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बाढीले ३० जनाको ज्यान लिएको र पाँच जना बेपत्ता भएका उल्लेख गरेको छ डब्लुएचओले विज्ञप्तिमा भनेको छ, “बाढीले पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ र धेरै बासिन्दालाई विस्थापित गरेको छ, सडकहरू बन्द भएका छन् ।”

डब्लुएचओले पनि दूषित पानीका कारण रोग फैलिन सक्ने चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ८ : ३३ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।