अमेरिकी युद्धपोतको फोटो लिन ड्रोन उडाउने चिनियाँ विद्यार्थीमाथि अनुसन्धान सुरु « Khabarhub

अमेरिकी युद्धपोतको फोटो लिन ड्रोन उडाउने चिनियाँ विद्यार्थीमाथि अनुसन्धान सुरु


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । चिनियाँ विद्यार्थीले अमेरिकी लडाकु विमानवाहक युद्धपोतको फोटो खिचेको घटनामा दक्षिण कोरियाली प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

ड्रोनमार्फत् दक्षिण कोरिया भ्रमणमा आएको अमेरिकी लडाकु विमानवाहक युद्धपोत यूएसएस थियोडोर रुजबेल्टको फोटो खिचेको भन्दै चिनियाँ विद्यार्थीमाथि अनुसन्धान थालिएको हो ।

दक्षिण कोरियाली जुङआङ दैनिकले बुसान शहरको बन्दरगाहमा रोकेर राखिएको उक्त यु्द्धपोतको फोटो खिचेको भन्दै चिनियाँ नागरिकविरुद्ध अनुसन्धान अघि बढाएको हो ।

उक्त युद्धपोत अमेरिकी, जापानी र दक्षिण कोरियाली नौसेनाले आयोजना गरेको त्रिपक्षीय अभ्यासमा सहभागी हुन दक्षिण कोरिया पुगेको जनाइएको छ ।

युद्धपोतको फोटो खिचेका चिनियाँ नागरिकहरुले भने कौतुहलताका कारण आफूहरुले ड्रोन उडाएको बताएका छन् ।

दोषी ठहर भएको खण्डमा उनीहरुलाई तीन वर्षको कैद सजाव वा ३ करोड दक्षिण कोरियाली वन अर्थात् झण्डै २१ हजार ७ सय अमेरिकी डलर बराबर जरिवाना हुने जनाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ९ : ३६ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।