तीजका गीतले युट्यूबको शीर्ष स्थान कब्जा ! « Khabarhub

कला

तीजका गीतले युट्यूबको शीर्ष स्थान कब्जा !


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दू नारीहरूको पर्व तीज नजिकिएसँगै यससँग सम्बन्धित गीत सार्वजनिक भइरहेका छन् । यो वर्ष पनि तीजका गीतहरूमा चल्तीका महिला तथा पुरुष गायकहरूको उपस्थिति देखिएको छ ।

शब्द चयनलाई लिएर यो वर्ष पनि तीजका गीत विवादमा पर्नबाट जोगिन सकेनन् । मौलिक गीतहरूको प्रोत्साहन र विकृतिजन्य गीतहरूको खबरदारी गर्ने कलाकारहरूकै संस्थाबाट प्रतिबन्धको शिकारसमेत भए ।

युट्यूबको नेपाल म्युजिक ट्रेन्डिङको शीर्ष स्थान प्रतिबन्धित गीत ‘बिस्ताराले पोल्यो’ छ । जुन गीतमा गायिका शान्तिश्री परियार र हरि गिरी ‘बिमर्शी’को आवाज छ ।

विवादमा आएपछि सो गीतलाई निर्माण पक्षले ‘आइटम गीत’को रहेको दाबी गरेको छ । यद्यपि गीत सार्वजनिक हुँदा सर्जकले शीर्षमा ‘तीज गीत’को ‘ट्याग’ झुण्ड्याएका थिए ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीजको भाकामा रहेको सो गीतको अन्तिम अंशका कारण प्रतिबन्ध लगाएको खबरहबलाई जानकारी दिएको छ ।
सो गीतलाई लिएर गायिका शान्तिश्री परियारले माफी पनि मागेकी छन् ।

ट्रेन्डिङको शीर्ष स्थान कब्जा

ट्रेन्डिङको दोस्रो स्थानमा ‘काली पसम कि’ बोलको गीत रहेको छ । जुन गीतको गायिका शान्तिश्री नै हुन् ।

यस गीतमा श्रीमानबाट हिंसामा परेकी पीडित महिलाको वेदना देखाइएको छ । यस गीतको भिडियोमा स्मारिका ढकाल र जोन बम ठकुरीको अभिनय रहेको छ ।

भिडियोः

अस्मिता दल्लकोटीको स्वर रहेको गीत ‘पिर कल्लाई छैन र ?’ ले ट्रेन्डिङको तेस्रो स्थानमा ओगट्न सफल भएको छ । यो गीत नाच्न मिल्ने किसिमको छ ।

गीतले साथीहरूसँगको भेटमा उत्पन्न हुने कुरा र तीज परिवेशको घटनालाई समेटेको छ । भिडियोमा शक्तिकुमार गोदार, सम्झना थापा र रमामाया गोदारको अभिनय रहेको छ ।

भिडियोः

साथै, ट्रेन्डिङको चौथो स्थानमा गायक पशुपति शर्मा पर्न सफल भएका छन् । ‘मै लुरी’ बोलको सो गीतमा उनकै शब्द रहेको छ ।

गायनमा उनलाई गायिक प्रिया भण्डारीले साथ दिएकी छन् ।

भिडियोमा पशुपति स्वयम् र जुना विश्वकर्मा फचर्ड छन् ।
भिडियोः

त्यस्तै गायिका एलिना चौहानको स्वर रहेको गीत ‘मन परेको मान्छे’ ट्रेन्डिङको ९ नम्बरमा छ । त्यस्तै, बिहीबार सार्वजनिक गीत ‘दुनियालाई’ ट्रेन्डिङको शीर्ष स्थानमा उक्लने क्रम जारी छ ।

सार्वजनिक भएको २४ घण्टामै यस गीत ट्रेन्डिङ नम्बर १५ मा उक्लिएको छ । यस गीतमा प्रीति आलेले एकल स्वर दिएकी छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ९ : ४६ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो