थारू समुदायले मनाए गुरही पर्व « Khabarhub

थारू समुदायले मनाए गुरही पर्व


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा बस्ने थारू समुदायले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा गुरही÷गुरिया पर्व मनाएका छन् ।

अग्रासन महिला समूहलगायत विभिन्न दुई दर्जन थारू सङ्घसंस्थाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि थारू आयोगका अध्यक्ष विष्णु चौधरीले शुभकामना दिए ।

उनले भने, “विगत केही वर्षयता थारू महिलाहरु सङ्गठित हुँदै गएकामा खुसी लागेको छ । महिलाहरुले यसलाई पर्व सँगसँगै अधिकार प्राप्तिको आन्दोलनका रुपमा पनि लिनुपर्छ ।”

थारू कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य इन्दु थारूले गुरहीलगायत धेरै महत्वपूर्ण चाडबाडबारे अझै पनि राष्ट्रिय स्तरको पाठ्यक्रममा पढ्न नपाउनु विडम्वनापूर्ण अवस्था रहेको बताए ।

कार्यक्रममा प्रेमा चौधरी, नेमसिंह थारूलगायतले राजधानी बसेर पनि गाउँघरको पर्व सामूहिक रुपमा काठमाडौंमा मनाउन पाएकामा खुसी व्यक्त गरे । त्यस अवसरमा विभिन्न थारू कलाकारले गीत, नृत्य प्रस्तुत गरेका थिए ।

प्रज्ञा प्रतिष्ठानमा कपडाका गुरही (गुडिया) बालिकाले चौरमा सेलाएका थिए भने बालकहरुले सोंटा (कोर्रा)ले गुरही ठटाएका थिए । कार्यक्रमका अवसरमा काभा भलिबल प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएकी सरस्वती चौधरी, भूटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनशिपमा स्वर्ण पदक विजेता मनिषा चौधरीलगायत महिला खेलाडीहरुलाई सम्मान प्रदान गरिएको थियो ।

थारू बाहुल्यता रहेका तराईका जिल्लाहरुमा धान रोपिसकेपछि गुरही पर्व मनाउने चलन छ । खेतीपातीमा कुनै किसिमको हानि–नोक्सानी नहोस्, गाउँमा रोगविरोग नफैलियोस् भनेर किसानहरु हरेक वर्षको साउनको अन्तिम वा भदौको सुरुआतमा गुरही÷गुरिया पर्व मनाउने चलन छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १० : ०२ बजे

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट