जहाज 'ग्राउन्डेड' भएपछि टरिगाउँमा अब शुक्रबार मात्र उडान भरिने | Khabarhub Khabarhub

जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब शुक्रबार मात्र उडान भरिने


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए। 

निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबारमात्र उडान भर्ने नीति लिएको उनले जानकारी दिए।

 ‘हप्तामा सात दिन चलाउने कुरा हो, तर अहिले निगमसँग एउटा मात्र जहाज छ, एउटा जहाज ग्राउन्डेड छ’, उनले भने, ‘त्यसले गर्दा पनि अहिले केही समय हप्ताको शुक्रबार मात्र चलाउने कुरा छ ।’

अहिले प्रत्येक शुक्रबार दिउँसो १२ः०० बजे टरिगाउँ आउने र १२ः२० मा फर्किने उनले बताए। हाल दाङबाट काठमाडौँ जाँदा सात  हजार एक सय भाडा लाग्छ भने काठमाडौँबाट दाङ आउँदा रु सात हजार दुई सय ५० भाडा लाग्ने उनले बताए। अहिले दाङबाट काठमाडौँ जानका लागि यात्री नपाउने अवस्था रहेको छ । जहाज नियमित नहुँदा पनि यात्री भैरहवा वा नेपालगञ्ज जाने गरेको भन्दै नियमित भएमा यो समस्या नहुने उनको भनाइ छ ।

यसअघिको शुक्रबार दाङबाट काठमाडौँ जाँदा एकजना मात्र यात्री थिए । टरिगाउँ विमानस्थलमा पछिल्लो समय जहाज सेवा अनियमित भएको थियो । केही महिना जहाज नै आएन, तर अब त्यसो नहुने प्रमुख सुनारले बताए।

उक्त विमानस्थलाई नियमित बनाउन पटक-पटक आवाज उठ्ने गरेको छ । तर पनि नियमित हुनसकेको छैन । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । सात सय ५० मिटर लम्बाइ रहेको धावनमार्ग हुँदा अहिले १९ सिटे जहाज मात्र बस्ने गरेका छन् । 

यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिट जहाज बस्ने र सेवा नियमित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ७ : १९ बजे

डेनमार्कमा भाइकिङ चिहान फेला

एजेन्सी– एउटा आकस्मिक खोजमा उत्तरी डेनमार्कमा एउटा भाइकिङ कुलीन परिवारको

एक महिना हिँडेर काठमाडौं आएका बोहरालाई प्रधानमन्त्रीले नभेटेपछि…

काठमाडौं– अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी अभियान चलाउँदै सुर्खेतदेखि खाली खुट्टा

‘होस्टल–३’पछि बल्छीको फिल्म ‘गोबर गणेश’ गर्दै पदम, यी हुनेछन् कलाकार

काठमाडौं – टेलिसिरिलबाट चर्चित बनेका मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले फिल्म

सुक्खा बन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व संकलन

वीरगञ्ज– सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको

मोसादको मुख्यालयमा इरानी आक्रमण, सेनाको जासुसी विभागको भवन पनि निशानामा

तेलअभिभ– इजरायल र इरानबीचको संघर्ष पाँचौं दिनमा पनि जारी छ।