जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब शुक्रबार मात्र उडान भरिने « Khabarhub

जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब शुक्रबार मात्र उडान भरिने


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए। 

निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबारमात्र उडान भर्ने नीति लिएको उनले जानकारी दिए।

 ‘हप्तामा सात दिन चलाउने कुरा हो, तर अहिले निगमसँग एउटा मात्र जहाज छ, एउटा जहाज ग्राउन्डेड छ’, उनले भने, ‘त्यसले गर्दा पनि अहिले केही समय हप्ताको शुक्रबार मात्र चलाउने कुरा छ ।’

अहिले प्रत्येक शुक्रबार दिउँसो १२ः०० बजे टरिगाउँ आउने र १२ः२० मा फर्किने उनले बताए। हाल दाङबाट काठमाडौँ जाँदा सात  हजार एक सय भाडा लाग्छ भने काठमाडौँबाट दाङ आउँदा रु सात हजार दुई सय ५० भाडा लाग्ने उनले बताए। अहिले दाङबाट काठमाडौँ जानका लागि यात्री नपाउने अवस्था रहेको छ । जहाज नियमित नहुँदा पनि यात्री भैरहवा वा नेपालगञ्ज जाने गरेको भन्दै नियमित भएमा यो समस्या नहुने उनको भनाइ छ ।

यसअघिको शुक्रबार दाङबाट काठमाडौँ जाँदा एकजना मात्र यात्री थिए । टरिगाउँ विमानस्थलमा पछिल्लो समय जहाज सेवा अनियमित भएको थियो । केही महिना जहाज नै आएन, तर अब त्यसो नहुने प्रमुख सुनारले बताए।

उक्त विमानस्थलाई नियमित बनाउन पटक-पटक आवाज उठ्ने गरेको छ । तर पनि नियमित हुनसकेको छैन । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । सात सय ५० मिटर लम्बाइ रहेको धावनमार्ग हुँदा अहिले १९ सिटे जहाज मात्र बस्ने गरेका छन् । 

यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिट जहाज बस्ने र सेवा नियमित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ७ : १९ बजे

सदनमा अमर्यादित गतिविधि गर्ने सांसदमाथि सभामुखको ध्यानाकर्षण, बनाए समिति

काठमाडौं– प्रतिनिधिसभामा आइतबारको बैठकमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन

ग्रेस फार्मास्युटिकल्सको भिटामिन डी-क्याल्सियम बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै क्याल्सियम

बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

काठमाडौं– काठमाडौं महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड ४९

बजेटले बिच्कियो स्वास्थ्य क्षेत्र, बिरामीमाथि रोगसँगै करको भार

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१

दिल्ली पुगेका रविलाई भाजपा महासचिवले गरे स्वागत

काठमाडौं- भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति