विपदबाट जोगाउन खरको छाना हटाएर जस्तापाता « Khabarhub

विपदबाट जोगाउन खरको छाना हटाएर जस्तापाता


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

राँझा– राप्तीसोनारी गाउँपालिका–१ खासकुस्माका गाउँबस्तीमा खरको छाना हटाएर जस्तापाता लगाएपछि आगलागीलगायत विपद्का घटनामा कमी आएको छ । 

खरको छाना भएको घरमा आगलागीको जोखिम हुने भएकाले वडाभित्र रहेका विपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गरी आगलागीजस्ता विपद्बाट जोगाउन खरको छानामुक्त अभियान सञ्चालन गरेको वडाध्यक्ष यमबहादुर खड्काले जानकारी दिए।

‘खरका छानामा हिउँदको समयमा आगलागीको डर हुने र वर्षायाममा पानी चुहिने समस्या भएकाले वडावासीको सुरक्षाका लागि खरको छाना हटाउने काम सुरु गरेका छाैँ’, उनले भने, ‘खरको छाना विस्थापित कार्यक्रम लागू भएपछि वडामा आगलागीका घटनामा कमी आएको छ ।’

वडामा रहेका सबै खरका छानालाई मुक्त गर्ने लक्ष्यका साथ सुरु गरिएको अभिायनअन्तर्गत हालसम्म एक सय ११ घरलाई खरको छानामुक्त गरिसकेको छ । चालु आर्थिक वर्षमा ५३ घरपरिवारलाई खरको छानामुक्त गर्ने योजना रहेको वडाध्यक्ष खड्काले बताए।

वडाध्यक्ष खड्का २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा रहेका विपन्न तथा सीमान्तकृत समुदायको घरका छानालाई खरमुक्त गरी जस्तापाता लगाउन सुरु गरेका थिए । आर्थिक वर्ष २०७९-८० मा रु २० लाख विनियोजन गरी ६५ घरपरिवार, आव २०८०-८१ मा १५ लाख विनियोजन गरी ४६ घरपरिवार र चालु आवमा रु १५ लाख विनियोजन गरी ५३ घरपरिवारलाई खरको छानामुक्त कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष खड्काले बताए।

कार्यक्रमको सूचीमा परेका लाभग्राही नागरिकलाई १० फिट लम्बाइ र ३२ गेज मोटाइ भएको २२ थान जस्तापाता वडा कार्यालयले प्रदान गर्ने गरेको वडाध्यक्ष खड्काको भनाइ छ । राप्तीसोनारी गाउँपालिका–१ साविकको खासकुस्मा गाविस छिमेकी जिल्ला दाङसँग जोडिएको छ । 

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले वडा नं १ मा गरिएको खरको छाना हटाउने अभियान प्रभावकारी भएको बताउँदै अन्य वडाका गाउँबस्तीमा पनि खरको छाना हटाउनका लागि आफूले पहल गरिरहेको बताए। 

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ९ : ३८ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट