इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु | Khabarhub Khabarhub

इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दमास्कस– सिरियाली सरकारी सञ्चारमाध्यमले सोमबार राति मध्य हामा प्रान्तमा इजरायली आक्रमण भएको र उक्त घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको जनाएका छन् ।

सरकारी समाचार संस्था सानाले एक चिकित्सकीय स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘मस्याफ आसपासका विभिन्न स्थानमा इजरायली आक्रमणका कारण १४ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।’

यसअघि सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) ले इजरायली आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको जानकारी दिएको थियो । 

इजरायलले  पछिल्लो समय आफ्ना छिमेकी मुलुकमा बसेर इजरायलमाथि आक्रमण गर्ने विभिन्न समूहमाथिको कारबाहीलाई बढाएको छ । 

अक्टोबरमा प्यालेष्टिनी इस्लामिक समूह हमासले दक्षिणी सिरियामा गरेको आक्रमणपछि गाजामा सक्रिय सैन्य कारबाही सुरू गरेको इजरायलले गाजामा गरेको कारबाहीमा करिब ४१ हजार प्यालेष्टिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको गाजास्थित हमास नियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

इजरायलले लेबनान र यमनमा पनि आफ्नो हवाई आक्रमणलाई केन्द्रित गरेको छ । केही समय पहिले लेबनानमा गरेको हवाई आक्रमणमा हमाससँग निकट लेवनानी हेजवुल्लाह समूहका सैन्य शाखा हेर्ने एक कमान्डरको मृत्यु भएको थियो । 

त्यस्तै इरानमा हमास नेता इस्माइल हानियाको मृत्यु पनि इजरायलको आक्रमणबाट भएको इरान र हमास निकट अधिकारीले दावी गर्दै आएका छन् । हानियाको मृत्युमा इजरायली संलग्नताबारे इजरायलले कुनै प्रतिक्रिया दिएको छैन ।  

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १२ : ५३ बजे

भारतीय सेनाको दाबी- ‘अपरेशन सिन्दूर’मा हामीले पाकिस्तानसहित चीन र टर्कीसँग पनि लड्नु पर्‍यो

नयाँ दिल्ली – भारतीय सेनाका डेपुटी आर्मी प्रमुख (लेफ्टिनेन्ट जनरल)

औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक’

गण्डकी– पूर्वअर्थमन्त्री तथा गभर्नर डा युवराज खतिवडाले औद्योगिक विकासलाई अघि बढाउन

अमेरिकामा क्यानाडाको निर्यात घट्दै, अरू देशसँगको व्यापारले उचाइ लिँदै

ओटावा- संयुक्त राज्य अमेरिकाले आयात हुने सामानमा कर लगाउन थालेपछि

वार्ता अस्वीकार गरेको रूसद्वारा युक्रेनमा अहिलेसम्मकै भीषण हवाई आक्रमण

मस्को- रूसका सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत् युक्रेनसँगको जारी

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

दोधारा चाँदन- भीमदत्त नगरपालिका–८ स्थित तिलाचौडका सुरज सिंहकी डेढ वर्षीया