ऊर्जामन्त्री खड्का गृह जिल्ला सङ्खुवासभामा « Khabarhub

ऊर्जामन्त्री खड्का गृह जिल्ला सङ्खुवासभामा


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तुम्लिङटार – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृहजिल्ला सङ्खुवासभा आइपुगेका छन् । उनी मन्त्री भएपछि पहिलोपटक बुद्ध एयरको जहाजमार्फत गृहजिल्ला आएका हुन् । 

उनलाई सङ्खुवासभास्थित तुम्लिङटार विमानस्थलमा प्रमुख जिल्ला अधिकारी धुव्र खड्का, जिल्लास्थित नेपाली कांग्रेसका कार्यवाहक सभापति अनन्त गौलीलगायत स्थानीय जनप्रतिनिधि तथा जिल्लावासीले स्वागत गरेका छन् । 

स्थानीय भेषभुषामा सजिएका पञ्चकन्याले पुष्पगुच्छाले स्वागत गरेका थिए । मन्त्री खड्कासँगै मन्त्रालयका सचिवसहित उच्च पदस्थ अधिकारी सङ्खुवासभा आएका छन्। 

मन्त्री खड्काले गृहजिल्लामा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको मन्त्री खड्काका स्वकीयसचिव भुपालमान बस्नेतले जानकारी दिए । 

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १ : १० बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र