सहकारीको बचत ठगी : कांग्रेस उपसभापति धनराजविरुद्ध पनि उजुरी, ‘श्रीमती’ ज्योति फरार « Khabarhub

सहकारीको बचत ठगी : कांग्रेस उपसभापति धनराजविरुद्ध पनि उजुरी, ‘श्रीमती’ ज्योति फरार


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानून मन्त्री धनराज गुरुङलाई सहकारी संस्थाको बचत रकम ठगी गरेको आरोप लागेको छ ।

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय समितिले देशभरका २९ वटा सहकारीको बचत हिनामिनाबारे छानबिन गरिरहेका बेला उपसभापति गुरुङविरुद्ध पनि उजुरी परेको हो ।

उपसभापति गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको हो ।

उनी र श्रीमती ज्योति गुरुङ (हाल सम्बन्धविच्छेद) दुवैको नाममा निकालिएको १४ करोड ८१ लाख रूपैयाँ नतिरेको भन्दै ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी दिएका हुन ।

राईले सहकारीको समस्या समाधान गर्न बनेको संसदीय छानबिन विशेष समितिमा पनि उजुरी दिएका छन् ।

मितेरी बचत तथा ऋण सहकारी संस्था तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोप लागेको हो । तर ज्योति भने हाल फरार छिन् ।

यी दुईजनाले चार वर्षअघि नै सम्बन्ध विच्छेद गरेको बताइएको छ । सहकारीको रकम हिनामिनामा फस्ने डरले सम्बन्ध विच्छेद गरिएको हुनसक्ने प्रहरीको भनाइ छ ।

सहकारी ठगी छानबिनका लागि गठित समितिका एक सदस्यका अनुसार अब गुरुङलाई पनि समितिले बयानमा तान्ने तयारी गरेको छ। उता सम्बन्ध विच्छेद गरिएकी भनिएकी गुरुङकी श्रीमती ज्योति विदेशमा लुकेर बसेकी छन् ।

के भन्छन् गुरुङ ?

सहकारी ठगी प्रकरणमा नाम मुछिएकोबारेमा खबरहबले उपसभापति गुरुङसँग छोटो कुराकानी गरेको थियो । उनले यस प्रकरणबारे यथार्थ र निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

उनले श्रीमती ज्योतिसँग ५ वर्षअगाडि नै सम्बन्ध विछेद गरिसकेको पनि जानकारी दिएका छन् ।

‘अध्यक्ष कुम्भराज गुरुङ र ज्योति नै यसबारे सबैथोक जान्दछन् । कार्यालयको काम भन्दै ज्योति बाहिर गइरहन्थिन् । यसबारे मलाई केही थाहा छैन । कुम्भराज र ज्योतिकै कारण मैले पनि सम्बन्ध विछेद गरेको हुँ’, धनराजले अगाडि भने ।

उनले आफूलाई फसाउन ज्योति र कुम्भराज मिलेर उजुरी र निवेदनसहितका अनेक प्रपञ्च रचेको पनि खबरहबलाई बताएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १ : ३४ बजे

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका