परराष्ट्रमन्त्रीले राजदूत सिफारिस समावेशी हुन नसकेको स्वीकारिन् « Khabarhub

परराष्ट्रमन्त्रीले राजदूत सिफारिस समावेशी हुन नसकेको स्वीकारिन्


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूत नियुक्ति गर्दा समावेशी पाटोमा ध्यान दिन नसकेको स्वीकार गरेका छन् ।

सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा मन्त्री राणाले राजदूत नियुक्ति गर्दा कमीकमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधारेर जाने बताइन् ।

संविधानमा समानुपातिक समावेशिता विषय उल्लेख भए पनि त्यसलाई कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका बनाउँदा विशेष ध्यान दिनुपर्ने उनले बताइन् । राणाले महिला राजदूत तोक्न पनि संख्या नै स्पष्ट हुनुपर्ने जिकिर गरिन् ।

मन्त्री राणाले सरकारले सिफारिस गरेका व्यक्तिलाई पनि गहन रुपमा सुनुवाइ गरेर मात्रै अनुमोदन गर्न समितिसमक्ष आग्रह गरिन् ।

बैठकमा समिति सदस्यहरूले एकैपटक १७ जना राजदूतको सिफारिस हुँदा पनि समावेशी समानुपातिकमा सरकारले ध्यान दिन नसकेको बताएका थिए ।

सरकारले साउन १४ गते सरकारले विभिन्न १७ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो । प्रस्तावित राजदूतहरूको समितिले सुनुवाइसमेत गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १ : ५५ बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ