ज्ञानेन्द्र शाहीको प्रश्न- दीक्षान्तका लागि टाढाबाट पुगेका विद्यार्थीको खर्च कसले व्यहोर्ने ? « Khabarhub

ज्ञानेन्द्र शाहीको प्रश्न- दीक्षान्तका लागि टाढाबाट पुगेका विद्यार्थीको खर्च कसले व्यहोर्ने ?


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह रोकिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रधानमन्त्रीको समय नमिलेका कारण अन्तिम समयमा दीक्षान्त समारोह रोकिएको भन्दै आपत्ति समेत जनाएका छन् ।

बैठकमा राप्रपा संसदीय दलको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सम्पूर्ण तयारी पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा प्रधानमन्त्रीको निर्देशनमा स्थगित गरिएको भन्दै आपत्ति जनाए। उनले दीक्षान्तका लागि विभिन्न स्थानबाट पुगेका विद्यार्थीको खर्च कसले व्यहोर्ने भन्दै प्रश्न गरे।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसक्ने भएपछि स्थगित गरिएको थियो । भाद्र २३ गतेका लागि तय भएको दीक्षान्त समारोह आगामी कार्तिक २८ गते गर्ने विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  २ : ४२ बजे

अल्झन, आरोप प्रत्यारोपबीच सिरियाको सङ्क्रमणकालको एक वर्ष पूरा

जेनेभा – सिरियामा शासक बशर अल–असदलाई सत्ताच्युत गरेको एक वर्षसम्म

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा – दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु

ढाका–  बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको

सरकारले जेन-जी अगुवाको सरोकारलाई सकारात्मक रुपमा सम्बोधनको पहलकदमी लिन्छ : मन्त्री अर्याल 

काठमाडौं– जेन-जी आन्दोलनकर्मीहरुको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल