पाँचथर बम विस्फोटबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ : एमाले  « Khabarhub

पाँचथर बम विस्फोटबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ : एमाले 


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको फालेलुङमा भएको विस्फोटबारे संसदमा गृहमन्त्रीको जवाफ मागेका छन् ।

सोमबारको  प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकको जवाफ मागेका हुन् ।   बर्तौलाले गम्भीर प्रकृतिको घटनामा गृहमन्त्रीले संसदमा आएर जवाफ दिन माग गरेका हुन् ।

उनले भने, ‘सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विष्फोट भएको कुरा आइरहेकाले त्यसको जिम्मेवारी कसले लिने ? गृहमन्त्रीको जवाफ चाहान्छु ।’

के हो घटना ? 

पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिकाको मृत्यु भएको थियो ।

स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्साको बम पड्किँदा ज्यान गएको हो ।

जिल्ला अस्पताल पाँचथरमा बिहीबार उपचार सम्भव नभएपछि झापाको बी एण्ड सी अस्पताल लाँदै गर्दा प्रिन्साले बाटैमा प्राण त्यागेकी थिइन । यस्तै दाजु दिप्सन साँवाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालका चिकित्सकले मृत घोषित गरे ।

दिप्सन र प्रिन्सा छिमेकी ज्ञानबहादुर राईका ११ वर्षीय छोरा पवनसँग खेल्न गएका थिए । ज्ञानबहादुरको परिवार माओवादी कार्यकर्तासमेत रहेका आइतराज केरुङको घरमा १० वर्षदेखि बस्दै आएको थियो ।

घटनामा दुई बालबालिका घाइते भएका थिए घाइते भएका फालेलुङ५ डाँडागाँउका पवन र दिप्सन राईको उपचार कीर्तिपुर अस्पतालको वर्न अस्पतालमा भइरहेको छ ।

शनिबार अस्पताल पुगेर दुई बालकको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने स्वास्थ्य मन्त्री प्रदीप पौडेलले प्रतिबद्धता गरेका छन् ।

यो पनि…

पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले

बम पड्किएको घर माओवादीको सेल्टर, सेना पनि पुगिरहन्थ्यो

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  २ : ४७ बजे

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्