अस्पतालमा भएको जनशक्ति अभाव पूरा गर्न सरकार लागि परेको छ : मन्त्री पौडेल  | Khabarhub Khabarhub

अस्पतालमा भएको जनशक्ति अभाव पूरा गर्न सरकार लागि परेको छ : मन्त्री पौडेल 


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

चितवन–  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिले देशभरिका अस्पतालमा देखिएको जनशक्ति अभाव पूरा गर्न मन्त्रालय लागि परेको बताएका छन् ।

चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले जनशक्ति अभाव पूरा गर्न मन्त्रालयले गृहकार्य सुरु गरेको बताए । सरकारी अस्पतालमा कम्तीमा तीन सय शय्या भएको अस्पतालमा एमबीबीएस र दुई सय शय्याका अस्पतालमा नर्सिङ कक्षा सञ्चालन गर्ने तयारीमा सरकार रहेको मन्त्री पौडेलले बताए ।

उनले भने, ‘अहिलेको आवश्यकताका आधारमा न्यूनतम जनशक्ति पूरा गर्नेबारे मन्त्रालयले ओएनएम सर्भेका लागि प्रस्ताव गरेको छ ।’ तत्कालका लागि ६ प्रदेशका एक/एकवटा सङ्घीय अस्पतालमा न्यूनतम जनशक्ति पुर्‍याउने विषयमा गृहकार्य थालिएको  उनले बताए । मन्त्री पौडेलले सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीको समस्या समाधान गर्दै आफूले गरेका निर्णय कार्यान्वयनमा ल्याउने बताए ।

चिकित्सक तथा स्वास्थ्यकर्मीसँग छलफल गरेर अघि बढ्ने र निर्णय कार्यान्वयनमा ल्याउने बताए । उनले भने, ‘चिकित्सकको दैनिक कार्य अवधि व्यवस्थित गर्न खोजेका छौँ, सार्वजनिक बिदाको दिन बहिरङग सेवा सञ्चालन गर्ने विषय भनेको शनिबार पनि भन्न खोजेको होइन । यस्ता बिदा वर्षमा २४ दिन हुन्छन् । ती दिनलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा लागेका छौँ ।’

मन्त्री पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र चिकित्सकको समय बढीभन्दा बढी लिएर सक्रिय बनाउन सकिन्छ भन्ने पक्षमा मन्त्रालय रहेको बताए ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : ४४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’