राजनीति

पूर्वउपसभामुख यादव अष्ट्रेलियाका लागि राजदूत बन्दै

By खबरहब

September 09, 2024

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिस गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार बालुवाटारमा भएको भेटका क्रममा देउवाले यादवको नाम सिफारिस गरेका हुन् ।

देउवानिकट नेतृ यादव यसअघि शिक्षामन्त्री भइसकेकी छन् । उनी पार्टीको कोषाध्यक्षको भूमिकामा थिइन् ।

२०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिइन् ।

सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले पूर्वउपसभामुखसमेत रहेकी यादवको नाम राजदूतमा सिफारिशसगर्ने बताइएको छ ।

यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिस भएको थियो ।

तर, उनीमाथि यसअघि इजरायलको राजदूत हुँदा लगिएका सहयोगी फिर्ता नगरेको आरोप लागेपछि नाम हटाइएको थियो।