समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्नु हुँदैन : सांसद तामाङ « Khabarhub

समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्नु हुँदैन : सांसद तामाङ


२४ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्न नहुने बताएका छन् । वर्तमान संविधानको मूल उद्देश्य जीवित राख्दै संविधान संशोधन गरिए मात्रै संविधान संशोधनमा सहयोग गर्ने उनले उल्लेख गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद तामाङले अहिलेको संविधानमा विद्यमान रहेका जनताका अधिकारलाई कुण्ठित गरेर २०४७ सालको संविधानतिर उन्मुख हुने कार्य कदापि मान्य नहुने बताए ।

उनले भने,’यदि संविधान संशोधन नै गर्ने हो भने समानुपातिक निर्वाचन प्रणाली नै खारेज गर्ने गरी होइन, २०७२ सालको संविधानमा विद्यमान रहेका सबै भाव जीवित राख्नुपर्छ ।’

सांसद तामाङले संविधानमा उल्लेख गरिएको सङ्घीय गणतन्त्र, धर्म निरपेक्षता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सबै संवैधानिक व्यवस्थाको प्रतिकूल नहुने गरी संविधान संशोधन गरिनुपर्नेमा जोड दिए ।

साथै उनले कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्ने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी संविधान संशोधन गरेमा मात्रै आफ्नो पार्टीले समर्थन जनाउने बताए ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ४ : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको