माओवादी केन्द्रको काेशी प्रदेशस्तरीय परामर्श बैठक सकियो, ७० नेताले दिए सुझाव | Khabarhub Khabarhub

माओवादी केन्द्रको काेशी प्रदेशस्तरीय परामर्श बैठक सकियो, ७० नेताले दिए सुझाव


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

उदयपुर– नेकपा माओवादी केन्द्रको (कोशी) १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक आज सकिएको छ ।

उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिएका थिए ।

पार्टी सुदृढीकरणका लागि केन्द्रबाट ठोस कार्यक्रम बनाएर संगठन विस्तार र जनपरिचालनमा तत्काल लाग्नुपर्ने प्रदेशस्तरीय नेताहरूले सुझाव दिएका थिए ।

सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा समाजवादमा जाने गरी पार्टीले अघि सारेको कार्यदिशालाई अझै विस्तृतीकरण गर्दै स्पष्ट कार्यक्रमको ढाँचा अघि सार्नुपर्ने पनि नेताहरूको सुझाव थियो ।

बैठकलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीले पनि सम्बोधन गरेका थिए ।

पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरूप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । माओवादी केन्द्रले अहिलेसम्म १ नम्बर प्रदेशसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । अब मधेश प्रदेश, केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक बाँकी रहेको छ ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ४ : ३१ बजे

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका

उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिस्कार

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन्।

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश

बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री

औद्योगिक ग्रामको काम अघि बढेन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने

प्रतिनिधिसभा निर्वाचन : दर्ताका लागि पहिलो दिनमै १२ निवेदन

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनका लागि सोमबार १२ वटा दलले दर्ताको निवेदन