प्रस्तावित थप चार राजदूतको सुनुवाइ, यस्ता छन् उनीहरूका कार्ययोजना « Khabarhub

प्रस्तावित थप चार राजदूतको सुनुवाइ, यस्ता छन् उनीहरूका कार्ययोजना


२४ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरूमध्ये बुधबार थप चार जनाको सुनुवाइ भएको छ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले रुसी महासंघका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहान, साउदी अरबका लागि प्रस्तावित राजदूत नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा. डा. कपिलमान श्रेष्ठ र दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत शिवमाया तुम्बाहाङ्फेको सुनुवाइ गरेको हो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूत चौहानले रुसी सेनामा रहेका नेपालीको उद्दारका लागि सहजकर्ताको काम गर्ने बताए ।

उनले सांसदहरूसँग क्षतिपूर्ति व्यवस्थाका लागि पहल गर्ने पनि बताएका छन् । नेपालले असंलग्न परराष्ट्र नीतिलाई कायम राख्दै दुईपक्षीय हितका विभिन्न क्षेत्रमा सहकार्य गर्नसक्ने उनले जवाफ दिए ।

त्यस्तै साउदी अरबका लागि प्रस्तावित राजदूत नरेशविक्रम ढकालले दुइ देशबीच उच्चस्तरीय भ्रमणका लागि पहल गर्ने बताए ।

उनले श्रम बजारलाई व्यवस्थित गर्ने लगायत कार्ययोजना प्रस्तुत गरे । ढकालले साउदी अरबका नेपालीका लागि आवश्यक सहजीकरण, नयाँ श्रम सम्झौताला महत्व दिने पनि बताए ।

त्यस्तै दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा. श्रेष्ठले दुई देशबीचको सम्बन्ध विस्तार गर्दै नेपालको विभिन्न क्षेत्रमा लगानी प्रवर्द्धनका लागि भूमिका खेलने बताए ।

उता दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत डा. तुम्बाहाङ्फेले ईपीएस प्रणालीमार्फत कामदारको कोटा वृद्धिका लागि पहल गर्ने बताइन् ।

सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो । सिफारिस भएका राजदूतहरूबारे समितिले निरन्तर सुनुवाइ गरिरहेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ५ : १२ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६