सुरुङमार्ग नजिकै पहिरो, काठमाडौं आइरहेको गाडी आधा पुरियो « Khabarhub

सुरुङमार्ग नजिकै पहिरो, काठमाडौं आइरहेको गाडी आधा पुरियो


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुग्लिङ-काठमाडौं सडकखण्डअन्तर्गत नागढुंगा-सिस्ने खोला सुरुङ्गमार्ग नजिकै पहिरो जाँदा एउटा गाडी आधा पुरिएको छ ।

काठमाडौं आइरहेको एउटा यात्रु गाडीलाई धादिङको नौबिसेस्थित सडकको माथिबाट खसेको पहिरोले पुरेको हो ।

सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जाँदा अहिले सडक दुवैतर्फ अवरुद्ध भएको छ ।

पहिरोमा एउटा स्करपियो गाडीपरे पनि मानवीय क्षति नभएको धादिङ प्रहरीले जनाएको छ ।

सडकमा आधा पुरिएको अवस्थामा रहेको उक्त गाडीलाई सुरङमार्ग निर्माणमा प्रयोग भएको साधनले निकालिँदैछ ।

पहिरोका कारण दुईतर्फी सडक अबरुद्व भएको छ । उक्त सडक खुला कम्तिमा २ घण्टा लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ।

पहिरो निरन्तर खसिरहेपछि स्थानीय घरका बासिन्दा पनपि भागाभाग भएको प्रत्यक्षदर्शी विवेक भण्डारीले बताएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ०९ बजे

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड