कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको अग्राधिकार, कारण देखाऊ आदेश जारी « Khabarhub

कोरोना बीमा भुक्तानी बारेको रिटमा सर्वोच्चको अग्राधिकार, कारण देखाऊ आदेश जारी


२४ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरूले सर्वोच्च अदालतमा हालेको रिटले अग्राधिकार पाएको छ ।

सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले यस रिटमा कारण देखाऊ आदेश जारी गर्दै यस मुद्दालाई अग्राधिकार समेत दिएको छ ।

निर्जीवन बिमा कम्पनीहरूको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र बिमा प्राधिकरणलाई विपक्षी बनाएर आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

सरकारले रकम नदिँदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकेको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन् । सरकारले कोरोना बीमा बापतको १० अर्ब भन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेका कारण लाखौँ बिमितले तीन वर्षौदेखि भुक्तानी पाएका छैनन् ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ६ : ४५ बजे

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा