राजनीति

मन्त्री कान्छाराम रामेछाप पुग्दा उनकै कार्यकर्ताले देखाए कालोझन्डा

By खबरहब

September 09, 2024

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) गृहजिल्ला रामेछाप पुग्दा उनकै कार्यकर्ताले कालोझन्डा देखाएका छन् ।

१११ औँ बीपी जयन्त मनाउन सोमबार रामेछाप पुगेका कान्छारामलाई कांग्रेस कार्यकर्ताहरूले कालो झण्डा देखाएर विरोध जनाएका हुन् ।

कांग्रेस रामेछापका सभापतिसमेत रहेका उनले आफ्नै कार्यकर्ताको विरोध र कालो झण्डा सामना गर्नुपरेको हो ।

कांग्रेस रामेछापका सचिव दीपक खड्काले कान्छारामले जिल्लामा सल्लाह नगरी कार्यक्रम राखेकापछि विरोध भएको हो ।

पार्टी जिल्ला समितिमा विवाद नमिलाई बीपी जयन्ती मनाउन पुगेका कान्छारामविरुद्ध कांग्रेस कार्यकर्ता खनिएका हुन् ।

विवादित ठेकेदारसमेत रहेका उनले अधिकांश ठेक्का अलपत्र पारेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवानिकट उनको डा. शेखर कोइराला पक्षले विरोध गरिरहेको छ ।