प्रजातन्त्र र संसदीय व्यवस्था स्थापनामा बिपीको योगदानको चर्चा « Khabarhub

प्रजातन्त्र र संसदीय व्यवस्था स्थापनामा बिपीको योगदानको चर्चा


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्म जयन्तीका अवसरमा देशमा प्रजातन्त्र र संसदीय व्यवस्था स्थापनामा उनको योगदानको स्मरण गरियो ।

बिपी कांग्रेस, केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटोबाट नेपालको समुन्नति र समृद्धिका लागि उनले कोरेको बाटो अहिले पनि त्यतिकै सान्दर्भिक रहेको धारणा राखे ।

पार्टी अध्यक्ष सुशीलमान शेरचन, पूर्वमन्त्री केशवबहादुर विष्ट, प्रा डा सुरेन्द्र केसी, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, पूर्वसांसद अर्जुन बराललगायतले संविधान संशोधनमार्फत राष्ट्रियता र जनचासोका मुद्दा सम्बोधन गर्न सकिने विचार व्यक्त गरे ।

देशलाई समृद्धितर्फ लैजान कृषिमा जोड दिनुपर्ने भन्दै उनीहरूले राष्ट्रिय उत्पादन र उत्पादकत्व बढाउन तथा स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योगधन्दा स्थापना गर्न आवश्यक रहेको बताए।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ५८ बजे

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध