हेलेनपछि अमेरिकामा मिल्टन आँधी : फ्लोरिडा छोड्न चाहनेका लागि उडान थपिए « Khabarhub

हेलेनपछि अमेरिकामा मिल्टन आँधी : फ्लोरिडा छोड्न चाहनेका लागि उडान थपिए


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

फ्लोरिडा – केही दिन अघि हेलेन आँधीले वितण्डा मच्चाएको अमेरिकामा अहिले मिल्टन आँधीको असर देखिएको छ।

क्याटोगोरी ५ को रूपमा रहेको सो आँधी फ्लोरिडातर्फ उन्मुख छ। धेरैले यो भन्दा पहिले कहिले पनि यस खालको आँधी नदेखेको बताएका छन्। २७० किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढी रहेको सो आँधीले धेरैको ज्यान लिनसक्ने चेतावनी दिइएको छ।

फ्लोरिडाको पश्चिमी भागमा १० देखि १५ इन्चसम्मको उचाइको पानी तथा पूर्वी भागमा ८ देखि ११ इन्चसम्म बढ्ने अनुमान गरिएको छ। यो वर्षा र आँधीबाट बच्नका लागि अमेरिकाले १० देखि १५ वर्ष तयारी रहेको फ्लोरिडाका मेयर जेरी एल डेमिङ्गाले बताए। यस आँधीको शक्ति अबको ३६ घण्टामा कम हुँदै गए पनि यसले धरै स्थान ढाक्ने र यो फैलँदो क्रममा रहने जनाइएको छ।

फ्लोरिडाका मौसमविदका अनुसार फ्लोरिडाको टाम्पाको ४८० माइल दक्षिण पश्चिममा छ। अहिले यसको गति घटी रहेको छ। फ्लोरिडाको पुरै प्रायद्वीपमा यसले असर गर्ने छ। सबै जनालाई सतर्क हुन त्यहाँको सरकारले भनी सकेको छ। फ्लोरिडामा बसोबास गरिरहेको प्युरेटिकाका केही बासिन्दा अहिले आफ्नै स्थानमा फर्किएका छन्। यसै मिल्टन आँधी आउने थाहा भए पनि फ्लोरिडा सरकारले ४६ सय कैदीलाई जेलबाट बाहिर पठाइ दिएको छ।

अहिले धेरै मनोरञ्जनस्थल बन्द गरिएका छन्। मंगलबार एयरलाइन्सले फ्लोरिडामा थप सेवा सञ्चालन गरे। फ्लोरिडा छाड्न चाहनेका लागि सहयोग गर्नका लागि त्यो सुविधा दिइएको थियो।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ६ : १६ बजे

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना