हेलेनपछि अमेरिकामा मिल्टन आँधी : फ्लोरिडा छोड्न चाहनेका लागि उडान थपिए « Khabarhub

हेलेनपछि अमेरिकामा मिल्टन आँधी : फ्लोरिडा छोड्न चाहनेका लागि उडान थपिए


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

फ्लोरिडा – केही दिन अघि हेलेन आँधीले वितण्डा मच्चाएको अमेरिकामा अहिले मिल्टन आँधीको असर देखिएको छ।

क्याटोगोरी ५ को रूपमा रहेको सो आँधी फ्लोरिडातर्फ उन्मुख छ। धेरैले यो भन्दा पहिले कहिले पनि यस खालको आँधी नदेखेको बताएका छन्। २७० किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढी रहेको सो आँधीले धेरैको ज्यान लिनसक्ने चेतावनी दिइएको छ।

फ्लोरिडाको पश्चिमी भागमा १० देखि १५ इन्चसम्मको उचाइको पानी तथा पूर्वी भागमा ८ देखि ११ इन्चसम्म बढ्ने अनुमान गरिएको छ। यो वर्षा र आँधीबाट बच्नका लागि अमेरिकाले १० देखि १५ वर्ष तयारी रहेको फ्लोरिडाका मेयर जेरी एल डेमिङ्गाले बताए। यस आँधीको शक्ति अबको ३६ घण्टामा कम हुँदै गए पनि यसले धरै स्थान ढाक्ने र यो फैलँदो क्रममा रहने जनाइएको छ।

फ्लोरिडाका मौसमविदका अनुसार फ्लोरिडाको टाम्पाको ४८० माइल दक्षिण पश्चिममा छ। अहिले यसको गति घटी रहेको छ। फ्लोरिडाको पुरै प्रायद्वीपमा यसले असर गर्ने छ। सबै जनालाई सतर्क हुन त्यहाँको सरकारले भनी सकेको छ। फ्लोरिडामा बसोबास गरिरहेको प्युरेटिकाका केही बासिन्दा अहिले आफ्नै स्थानमा फर्किएका छन्। यसै मिल्टन आँधी आउने थाहा भए पनि फ्लोरिडा सरकारले ४६ सय कैदीलाई जेलबाट बाहिर पठाइ दिएको छ।

अहिले धेरै मनोरञ्जनस्थल बन्द गरिएका छन्। मंगलबार एयरलाइन्सले फ्लोरिडामा थप सेवा सञ्चालन गरे। फ्लोरिडा छाड्न चाहनेका लागि सहयोग गर्नका लागि त्यो सुविधा दिइएको थियो।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ६ : १६ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ