स्वादे जिब्रोको परिणाम : दुई महिनामै १९ करोडको मसला खपत « Khabarhub

स्वादे जिब्रोको परिणाम : दुई महिनामै १९ करोडको मसला खपत


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खाना खाँदा तरकारी मसालेदार भएन भने नेपालीलाई स्वाद नै आउँदैन। तरकारीलाई मिठो बनाउन मसला अनिवार्य आवश्यक छ। विभिन्न खालका मसलाहरुलाई मिक्स गरेर बनाएको तरकारी एकदमै स्वादिष्ट मानिन्छ।

यस्ता मसलाहरु पनि नेपालमा बाहिरबाट नै आयात हुने गर्दछ। सबैभन्दा धेरै मसला खानेमा भारतीयको विशेष चर्चा हुन्छ। छिमेकी देशको प्रभावले पनि नेपालमा धेरै मसलाहरु प्रयोग हुन्छन्। मसालेदार खानेकुराले स्वास्थ्यलाई फाइदा नगर्ने भएपनि मानिसहरु यी चीजको बानी परिसकेका छन्।

चाडवाडका समयमा मसलाको खपत धेरै हुने गरेको छ। अझै दशैंमा शाकाहारी बाहेक अन्यले माछामासुको प्रयोग बढी गर्ने र मासुमा धेरै मसला चाहिने भएका कारण पनि मसलाको आयात बढेको हो।

चालु आर्थिक वर्षको पहिलो महिना साउन र भदौमा मात्रै नौ हजार एक सय ३५ क्विन्टल मसला आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

अहिले आउँदै गरेको दशैं–तिहारको समयमा भने दुई महिनाको अवधिमा नेपालमा १९ करोड बराबरको मसला आयात भएको छ। यस्तै, गत आर्थिक वर्षमा भने चार अर्ब नौ करोड ३३ लाख २४ हजार रुपैयाँ बराबरको मसला नेपाल आयात भएको थियो।
यस्ता मसलाहरु नेपालमा चीन, भारत, पाकिस्तान, मलेसिया, भियतनाम, साउदीअरेबिया आदि देशहरुबाट आउने गर्छ।

कुन कुन मसला प्रयोग हुन्छ नेपालमा ?
नेपालमा सबैभन्दा प्रयोग हुने मसलामा जिरा, धनियाँ, मेथी, खुर्सानी आदि सबैतिर प्रयोग हुने मसला हुन्। यी मसलाहरु जुनसुकै तरकारीमा हाल्न योग्य हुन्छ।

यस्तै, दालचिनी, टिम्मुर, बेसार, हिंग, अलैँची, जाइफल, कडीपत्ता, लसुन, अदुवा, तोरीको दाना जस्ता विभिन्न मसला पनि प्रयोग हुने गरेका छन्।

 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ७ : २२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल