सुरेन्द्र पाण्डे भन्छन् – केही व्यक्तिका कारण एमाले जनताबाट टाढियो, नयाँ पुस्ताले चासो दिनै छाडे  « Khabarhub

सुरेन्द्र पाण्डे भन्छन् – केही व्यक्तिका कारण एमाले जनताबाट टाढियो, नयाँ पुस्ताले चासो दिनै छाडे 


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीलाई केही व्यक्तिको निर्णयमा चलाउने प्रवृत्ति बढ्दा जनताबाट टाढिँदै गइरहेको टिप्पणी गरेका छन् । 

काठमाडौंमा एघारौं महाधिवेशनबारे आयोजित अन्तर संवादमा उनले एमाले साँघुरिँदै, खुम्चिँदै र आइसोलेसनतिर धकेलिँदै गएको अवस्था देखिएको बताए। 

लोकतान्त्रिक इतिहास बोकेको पार्टीमा व्यक्तिवाद हावी हुँदै जाँदा नयाँ पुस्ता पनि आकर्षित हुन छाडेको उनले बताएका छन्। चुनाव नहुने, प्रतिस्पर्धा गर्न नपाइने र शीर्षबाट लिस्ट झर्ने संरचनामा नयाँ पुस्ता आउने सम्भावना नै नदेखिने उनको भनाइ छ।

पाण्डेले यो संरचना बदल्न कानुनी र संवैधानिक दुवै स्तरमा काम आवश्यक भएको बताए। पार्टीमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था कानुनमै राख्नुपर्ने माग उनको थियो।

समस्या पुराना पार्टीमै होइन, नयाँ बनेका दलमा पनि उस्तै रूपमा बढ्दै गएको उनले बताएका छन् । नयाँ पार्टीका नेतृत्वले पनि अध्यक्ष पद छाड्न नचाहने प्रवृत्ति देखिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  २ : ३० बजे

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

नारायणगढ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज

सीटीइईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइईभीटी) को रिक्त