ओलम्पिकमा पदक खोसिएकी पोगात जम्मु काश्मिरकी सांसद « Khabarhub

ओलम्पिकमा पदक खोसिएकी पोगात जम्मु काश्मिरकी सांसद

काश्मीरमा जेकेएनसी र हरियाणामा भाजपालाई सफलता


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काश्मीर – जुलाई महिनामा पेरिसमा भएको ओलम्पिक खेलकुदमा वजन विवादका कारण फाइनल खेल अगाडि नै खेल त्याग्न बाध्य भएकी तथा पदक गुमाएकी कुश्तीवाज भिनेस पोगातले भारतमा सम्पन्न विधान सभा निर्वाचनमा सफलता पाएकी छिन्। उनले जम्मु काश्मीरको जुलाना राज्यबाट जित हात पारेकी हुन्।

काङ्ग्रेसकी उम्मेदवार उनले भारतीय जनता पार्टीका उम्मेदवार योगेश कुमारलाई ६ हजार १५ मतान्तरले हराएकी हुन्। सन् २००५ देखि काँग्रेसले सफलता नपाएको सो राज्यमा चुनाव जित्ने उनी पहिलो महिला कुश्तीवाज हुन्।

विधान सभा निर्वाचनमा जम्मु एन्ड काश्मीर नेसनल कन्फरेन्स (जेकेएनसी)ले सबै भन्दा धेरै स्थानमा सफलता पाएको छ। जेकेएनसीले ४२ तथा भाजपाले २९ स्थानमा जित हात पारेका छन्। काँग्रेसले ६ स्थानमा जित हात पारेको छ। जेकेएनसी र काँग्रेसले गठबन्धन गरेका कारण यो गठबन्धन नै सरकार बनाउनका लागि कामियाव भएको छ। जम्मु काश्मीरमा भाजपाले आफूले अनुमान गरे भन्दा बढी प्रतिशत मत पनि पाएको हो। यसका साथै सिट पनि विगतको भन्दा बढाएको हो। यसका बाबजुद जेकेएनसी र काँग्रेस गठबन्धनले सफलता पाएको हो। अन्य शक्तिको अपेक्षाकृत कमजोर रहेको थियो।

हरियाणामा सम्पन्न विधान सभा निर्वाचनमा भने भाजपाले पहिलो स्थान पाएको छ। भाजपाले ४८ सिटमा जित हात पार्दै एकल सरकार बनाउने भएको दोस्रो स्थानमा रहेको काङ्ग्रेसले ३७ स्थानमा सफलता पाएको हो। हरियाणामा धेरै सर्वेक्षणले काङ्ग्रेसले सफलता पाउने जनाएका थिए। यो सर्वेक्षणका बाबजुद भाजपाले सफलता पाउँदै सरकार बनाउने पक्का भएको हो।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ७ : १४ बजे

विश्वकप : रोनाल्डो–रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं–  सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर

वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान