खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुईसय उडान « Khabarhub

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुईसय उडान


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले खुम्बु क्षेत्र भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मङ्गलबार रामेछापको मन्थली र काठमाडौँबाट १९८ वटा उडान भएका हुन् । हवाईजहाजले ६१ र हेलिकप्टरले १३९ उडान भरेका छन् । उक्त दिन एक हजार पाँच सय ३९ जना पर्यटक खुम्बु भित्रिएका छन् ।

हवाईजहाजबाट एक सय ६७ स्वदेशी र ६ सय ६७ जना विदेशी गरी आठ सय ४ तथा हेलिकप्टरबाट ६ सय ९५ पर्यटक लुक्ला ओर्लिएको उनको भनाइ छ । पर्यटक आगमनको याम सुरु भएकाले उडान सङ्ख्या अझै बढ्ने उनले बताए ।

यद्यपि पर्यटक लिएर काठमाडौं र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन् । लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको सङ्ख्या न्यून हुने गरेको तारा एयरलाइन्सका अमृत मगरले बताए ।

पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताए । उनले भने, ‘अहिले हामीलाई पाहुनाको सत्कारमा भ्याइनभ्याइ छ ।’

पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् । त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल, लज पर्यटकले नै भरिभराउ छन् ।

सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले बताए ।

२०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार १४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जभित्रको गोक्यो ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको सूचना अधिकारी मण्डलले जानकारी दिए ।

सन् १९७९ देखि निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । निकुञ्जमा कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग पाइन्छन् ।

निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ९ : ३८ बजे

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

काठमाडौं – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला