विमानस्थलको गोप्य जानकारी दिएको आरोपमा जर्मनीमा चिनियाँ महिला पक्राउ | Khabarhub Khabarhub

विमानस्थलको गोप्य जानकारी दिएको आरोपमा जर्मनीमा चिनियाँ महिला पक्राउ


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विमानस्थलको गोप्य जानकारी संदिग्ध चिनियाँ जासुसलाई उपलब्ध गराएको आरोपमा जर्मनीमा एक जना चिनियाँ महिला पक्राउ परेकी छिन् । जर्मन प्रहरीले लाइपजिग शहरबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी महिलाको नाम याची एक्स रहेको जर्मन प्रहरीले जनाएको छ । समाचार संस्था एपीका अनुसार उनलाई जर्मनीको गोपनियता कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो । उनले चीनको जासुसी निकायका लागि काम गरिरहेको आशंका गरिएको छ ।

उनी लाइपजिगस्थित हले विमानस्थलमा लजिस्टिक सेवा उपलब्ध गराउने कम्पनीमा कार्यरत थिइन् । उक्त विमानस्थलले हवाइ यात्रु र कार्गो सेवा दिँदै आएको छ । यद्यपि उक्त विमानस्थल खासगरी कार्गो सेवाका लागि परिचित रहेको एपीले जनाएको छ ।

समाचारमा जनाइएअनुसार सन् २०२३ को अगस्टदेखि यस वर्षको फेब्रुअरीसम्म उनले जियान गुओ नाम गरेका व्यक्तिलाई विमानस्थलको जानकारी बारम्बार चुहाउँदै आएकी थिइन् ।

जर्मन नागरिकताधारी गुओलाई गत अप्रिल महिनामा पक्राउ गरिएको थियो । उनीमाथि चिनियाँ जासुसी निकायका लागि काम गरेको आरोप लगाइएको छ । यसबारे जर्मनीमा रहेको चिनियाँ राजदूतावासले कुनै टिप्पणी नगरेको एपीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ९ : ५६ बजे

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई

‘दुखी आत्मा’को असफतापछि ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र, हिरो राज कटुवाल

काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको

प्रधानमन्त्रीबाट मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति

नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको

अक्षय कुमारलाई टेलिप्रम्प्टरको भर, संवाद पढेको भिडियो भाइरल

काठमाडौं– चर्चित बलिउड अभिनेता अक्षय कुमार फेरि एकपटक विवादमा फसेका