वरिष्ठ गीतकार विश्व बल्लभको निधन « Khabarhub

वरिष्ठ गीतकार विश्व बल्लभको निधन


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मस्तिष्कघातको उपचारको क्रममा उनको बुधबार निधन भएको हो ।

गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत बल्लभको निधन भएको जानकारी दिएका छन् । गीतकार थापा बल्लभको उपचारार्थ अर्थ संकलनमा सक्रिय रहेका थिए ।

बल्लभको पार्थिव शरीरलाई बुधबार दिउँसो १ बजेपछि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

लामो समय रेडियो नेपालका जागिरे बल्लभका दुई छोरी छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरले निधन भएको थियो । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर बल्लभका सहोदर भाइ हुन् ।

विश्व बल्लभले तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ नारायण गोपालले गाएको ‘पर्खी बसे आउला भनी, मेरो उठ्ने पालो’ जस्ता चर्चित गीत लेखेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १ : ४० बजे

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार प्रहरीको गाडीलाई लक्षित

सरकार सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण : भीष्मराज आङ्देम्बे

काठमाडौं – सोमबार बसेको प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज

कुपोषण समाधानका लागि व्यवहार परिवर्तन आवश्यक : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेसमा कुपोषणको समस्या समाधानका

‘लालीबजार’ टिमलाई सर्वोच्चले बोलायो

काठमाडौं – फिल्म ‘लालीबजार’ टिमलाई छलफलका लागि सर्वोच्च अदालतले बोलाएको

भेरी नदीमा निर्माणाधीन पुलहरूको काम अझै अलपत्र

काँक्रेविहार– सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट डोल्पा