पाकिस्तानमा भएको आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा « Khabarhub

पाकिस्तानमा भएको आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा आइतबार राति भएको आतङ्कवादी हमलाको कडा निन्दा गरेको छ । आक्रमणमा दुई जना  चिनियाँ लगायत धेरैजना पाकिस्तानी नागरिकहरूको मृत्यु हुनुका साथै कयौँ पाकिस्तानी नागरिकहरू घाइते भएका छन् । 

सुरक्षा परिषद्का सदस्यहरूले ‘जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल, कराँची, पाकिस्तान नजिकै भएको हमलाको एक विज्ञप्तिमार्फत निन्दा गरेका छन्’ । विज्ञप्तिमा भनिएको छ, ‘पीडित परिवार तथा चीन र पाकिस्तानका सरकारप्रति  समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।’ 

परिषद्का सदस्यहरूले आतङ्कवादको सबै रूप तथा अभिव्यक्ति अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि गम्भीर खतरा  भएको दोहोर्‍याउँदै आतङ्कवादमा अपराधी, र प्रायोजकलाई जवाफदेही बनाउन कानुनी दायरामा ल्याउन आवश्यक रहेको उल्लेख गरेका छन् ।  

यसैगरी अधिकारीहरूले सबै राज्यहरूलाई अन्तर्राष्ट्रिय कानून र सुरक्षा परिषद्का प्रस्ताव अन्तर्गतका  दायित्वहरू अनुसार चीन र पाकिस्तानका सरकारसहित अन्य सान्दर्भिक अधिकारीहरूसँग सक्रिय रूपमा सहयोग गर्न आग्रह गरेका छन् ।  

सुरक्षा परिषद्का सदस्यहरूले आतङ्कवादको कुनै पनि कार्य आपराधिक र अन्यायपूर्ण रहेको ठहर गर्दै सबै राष्ट्रहरूले संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानून अन्तर्गतका अन्य दायित्व अवलम्बन गर्दै आतङ्कवादले अन्तर्राष्ट्रिय शान्ति-सुरक्षामा हुने खतराविरुद्ध लड्नुपर्ने आवश्यकतामा जोड दिए । 

उक्त आतङ्कवादी हमलाको प्रतिबन्धित सङगठन बलुचिस्तान लिबरेसन आर्मीले जिम्मेवारी लिइसकेको छ । 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १ : ४६ बजे

लगातार तीन दिन सार्वजनिक बिदा : आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ

अमेरिकी डलर १५२ नाघ्यो : शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख