पाकिस्तानमा भएको आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा « Khabarhub

पाकिस्तानमा भएको आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा आइतबार राति भएको आतङ्कवादी हमलाको कडा निन्दा गरेको छ । आक्रमणमा दुई जना  चिनियाँ लगायत धेरैजना पाकिस्तानी नागरिकहरूको मृत्यु हुनुका साथै कयौँ पाकिस्तानी नागरिकहरू घाइते भएका छन् । 

सुरक्षा परिषद्का सदस्यहरूले ‘जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल, कराँची, पाकिस्तान नजिकै भएको हमलाको एक विज्ञप्तिमार्फत निन्दा गरेका छन्’ । विज्ञप्तिमा भनिएको छ, ‘पीडित परिवार तथा चीन र पाकिस्तानका सरकारप्रति  समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।’ 

परिषद्का सदस्यहरूले आतङ्कवादको सबै रूप तथा अभिव्यक्ति अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि गम्भीर खतरा  भएको दोहोर्‍याउँदै आतङ्कवादमा अपराधी, र प्रायोजकलाई जवाफदेही बनाउन कानुनी दायरामा ल्याउन आवश्यक रहेको उल्लेख गरेका छन् ।  

यसैगरी अधिकारीहरूले सबै राज्यहरूलाई अन्तर्राष्ट्रिय कानून र सुरक्षा परिषद्का प्रस्ताव अन्तर्गतका  दायित्वहरू अनुसार चीन र पाकिस्तानका सरकारसहित अन्य सान्दर्भिक अधिकारीहरूसँग सक्रिय रूपमा सहयोग गर्न आग्रह गरेका छन् ।  

सुरक्षा परिषद्का सदस्यहरूले आतङ्कवादको कुनै पनि कार्य आपराधिक र अन्यायपूर्ण रहेको ठहर गर्दै सबै राष्ट्रहरूले संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानून अन्तर्गतका अन्य दायित्व अवलम्बन गर्दै आतङ्कवादले अन्तर्राष्ट्रिय शान्ति-सुरक्षामा हुने खतराविरुद्ध लड्नुपर्ने आवश्यकतामा जोड दिए । 

उक्त आतङ्कवादी हमलाको प्रतिबन्धित सङगठन बलुचिस्तान लिबरेसन आर्मीले जिम्मेवारी लिइसकेको छ । 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १ : ४६ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म