उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग जोडिएका सडक तथा रेलमार्ग बन्द | Khabarhub Khabarhub

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग जोडिएका सडक तथा रेलमार्ग बन्द


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाले बुधवारदेखि दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्ण रूपमा बन्द गरेको छ ।

उत्तर कोरियाले कोरियाली प्रायद्वीपको अनिश्चित सुरक्षा अवस्थालाई कारण बनाउँदै दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्ण रूपमा बन्द गर्ने कोरियाली पिपुल्स आर्मी (केपीए)लाई  उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले जनाएको छ ।

केपीए जनरल अधिकारीले उत्तर कोरियाको दक्षिणी सीमा नजिकै दक्षिण कोरियाली क्षेत्रमा दैनिक सैन्य अभ्यास, अमेरिकी रणनीतिक आणविकको बारम्बार उपस्थितिलगायतका कुरामा ध्यान दिँदै प्रायद्वीपको अवस्थाको गम्भीरतालाई बेवास्ता गर्न नसकिने जनाएका छन्।  

प्रायद्वीपमा गम्भीर सैन्य अवस्थाका कारण उत्तर कोरियाको सशस्त्र बलले राष्ट्रिय सुरक्षाको प्रभावकारी रूपमा रक्षा गर्न सशक्त कदम चाल्न आवश्यक रहेको बताएको छ । 

‘यस उद्देश्यका लागि, दक्षिण कोरिया सँग जोडिएको सडक र रेलमार्ग पूर्ण रूपमा बन्द गरी बलियो रक्षा संरचनाका साथ उत्तरकोरियाका पक्षमा सान्दर्भिक क्षेत्रलाई सुदृढ पार्ने परियोजना अक्टोबर–९ मा सुरु गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

केपीए जनरल अधिकारीले यो कदम युद्ध रोक्न र उत्तर कोरियाको सुरक्षाको रक्षाका लागि आत्म–रक्षात्मक उपाय भएको जनाएका छन् ।  

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  २ : ०० बजे

लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित

लुम्बिनी– लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो  दीक्षान्त समारोहमा दुई सय ८९

नेपाल टेलिकमको क्रिकेट धमाका: ६९९ रुपैयाँमा ३०० जीबी डेटा 

काठमाडौं– यहि मंसिर १५ देखि काठमाडौंमा आयोजना हुने नेपाल प्रिमियर

एनपीएलका लागि तयार भयो त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी पूरा भएको

रामेछापमा जीप दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु

सिन्धुली– रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको

प्रधानसेनापतिद्वारा उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी प्रदीपजंग