अन्धकारमय काभ्रेपलाञ्चोकमा बिजुली बाल्ने प्रयास « Khabarhub

अन्धकारमय काभ्रेपलाञ्चोकमा बिजुली बाल्ने प्रयास


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय बनेका काभ्रेपलाञ्चोकका तीन गाउँपालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास भइरहेको छ । वर्षापछि आएको बाढीपहिरोले सडक अवरुद्ध हुनुका साथै बिजुलीका पोल, ट्रान्सफर्मरलगायत संरचना बगाउँदा महाभारत, बेथानचोक र रोशी गाउँपालिका अन्धकारमय छन् । 

बेथानचोक र रोशी गाउँपालिकाको केही वडामा विद्युत्को काम भइरहेको नेपाल विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीले बताए । खानीखोला गाउँपालिकाबाट महाभारत गाउँपालिकामा बिजुली लैजाने प्रयास भइरहेको उनले बताए । खानीखोलाबाट बिजुली लैजान सकिए महाभारतको केही क्षेत्रमा बिजुली बत्ती बाल्न सकिने सम्भावना छ । 

रोशी गाउँपालिका–२, ३, ५ र ७ तथा गाउँपालिका कार्यालयसम्म भने बिजुली ल्याउन सकिने सम्भावना छ । सडक सञ्जाल नै अवरुद्ध हुँदा बेथानचोक, महाभारत र रोशीका अधिकांश स्थान बिजुलीबिहीन भएका हुन् । 

महाभारत गाउँपालिकामा बाढीपहिरोले सडक अवरुद्धका साथै पोल, ट्रान्सफर्मरलगायत संरचना बगाउँदा तीन हजार एक सय ७४ परिवार बिजुलीविहीन अवस्थामा रहेका छन् । रोशी खोलाले गाउँपालिका जोड्ने विभिन्न स्थानमा बाटो नै बगाएपछि बिजुली सञ्चालन गर्न समस्या भएको अध्यक्ष कान्छालाल जिम्बाले बताए। उनका अनुसार सडक मर्मत एवं पुनःनिर्माण भएपछि मात्रै बिजुली बाल्न सकिने छ । 

‘प्राधिकरणका अनुसार दसैँअघि बिजुली आउने सम्भावना छैन्, दसैँ अन्धकारमै बित्ने भयो”, अध्यक्ष जिम्बाले भने । सडक बनाउन पनि अझै केही दिन लाग्ने उनी बताउँछन् । 

बिजुली नहुँदा उक्त गाउँपालिकामा आंशिक सञ्चार सम्पर्कविच्छेद भएको छ । दुई दिनअघि सोलारबाट मोबाइलको टावर सञ्चालनमा ल्याए पनि फेरी समस्या आएको छ । गाउँपालिकाभर पानी, बत्ती र सडक सुविधा नभएको अध्यक्ष जिम्बाले बताए। उनले भने “गाउँपालिका जोड्ने सिपाली सडक रोशी खोलाले नै बगाएको छ , भौगोलिक प्रतिकूलताका कारण पुनः ट्रयाक खोल्न निकै कठिनाइ भइरहेको छ ।’ 

पनौती नगरपालिकाको केही वडामा बाढीपहिरोले विद्युत्मा क्षति पुर्‍याएकाले मर्मतकार्य भइरहेको जनाइएको छ । पनौती–१२ खोपासीस्थित पनौती जलविद्युत् आयोजनामा क्षति पुग्दा बिजुली उत्पादन रोकिएको छ । 

पहिरोसँगै आएको बाढी तथा लेदोले पावर हाउसभित्रका तीन टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिएस प्रणालीलगायतका उपकरण डुबेका कारण यही असोज १२ गतेदेखिनै बिजुली उत्पादन रोकिएको हो । पनौती जलविद्युत् केन्द्रका प्रमुख सविना उप्रेतीले बाँधबाट पावरहाउससम्मको कुलोमा विभिन्न स्थानमा पहिरोका कारण क्षति पुगेको जानकारी दिए। पावरहाउसको दुवैतर्फबाट पहिरो आएको छ । 

‘आयोजनाको सरसफाइ बाँकी छ, अब दशैँपछि सुरु गरिनेछ’, उनले भने । पानीको मुहानमा पनौती–८ मल्पीस्थित रोशी खोलामा आएको बाढीले क्षति पुगेको छ । उक्त केन्द्रको तीन टर्वाइनमध्ये दुईवटाबाट मात्रै बिजुली उत्पादन हुँदै आएको थियो । 

सरकारले घोषणा गरेको ‘विपद् सङ्कटग्रस्त क्षेत्र’का रुपमा काभ्रेपलाञ्चोकको रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका छन् ।  

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ४ : ०२ बजे

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित

बाढीसँगै बिलाए खरिदारमा नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष

चितवन– सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई

पाँच दिनपछि धुञ्चेमा ‘जेनेरेटर’ : निःशुल्क मोबाइल चार्ज, टुटेको आशालाई जोड्दै

रसुवा– जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि  ‘जेनेरेटर’ ल्याइएको