अन्धकारमय काभ्रेपलाञ्चोकमा बिजुली बाल्ने प्रयास | Khabarhub Khabarhub

अन्धकारमय काभ्रेपलाञ्चोकमा बिजुली बाल्ने प्रयास


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय बनेका काभ्रेपलाञ्चोकका तीन गाउँपालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास भइरहेको छ । वर्षापछि आएको बाढीपहिरोले सडक अवरुद्ध हुनुका साथै बिजुलीका पोल, ट्रान्सफर्मरलगायत संरचना बगाउँदा महाभारत, बेथानचोक र रोशी गाउँपालिका अन्धकारमय छन् । 

बेथानचोक र रोशी गाउँपालिकाको केही वडामा विद्युत्को काम भइरहेको नेपाल विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीले बताए । खानीखोला गाउँपालिकाबाट महाभारत गाउँपालिकामा बिजुली लैजाने प्रयास भइरहेको उनले बताए । खानीखोलाबाट बिजुली लैजान सकिए महाभारतको केही क्षेत्रमा बिजुली बत्ती बाल्न सकिने सम्भावना छ । 

रोशी गाउँपालिका–२, ३, ५ र ७ तथा गाउँपालिका कार्यालयसम्म भने बिजुली ल्याउन सकिने सम्भावना छ । सडक सञ्जाल नै अवरुद्ध हुँदा बेथानचोक, महाभारत र रोशीका अधिकांश स्थान बिजुलीबिहीन भएका हुन् । 

महाभारत गाउँपालिकामा बाढीपहिरोले सडक अवरुद्धका साथै पोल, ट्रान्सफर्मरलगायत संरचना बगाउँदा तीन हजार एक सय ७४ परिवार बिजुलीविहीन अवस्थामा रहेका छन् । रोशी खोलाले गाउँपालिका जोड्ने विभिन्न स्थानमा बाटो नै बगाएपछि बिजुली सञ्चालन गर्न समस्या भएको अध्यक्ष कान्छालाल जिम्बाले बताए। उनका अनुसार सडक मर्मत एवं पुनःनिर्माण भएपछि मात्रै बिजुली बाल्न सकिने छ । 

‘प्राधिकरणका अनुसार दसैँअघि बिजुली आउने सम्भावना छैन्, दसैँ अन्धकारमै बित्ने भयो”, अध्यक्ष जिम्बाले भने । सडक बनाउन पनि अझै केही दिन लाग्ने उनी बताउँछन् । 

बिजुली नहुँदा उक्त गाउँपालिकामा आंशिक सञ्चार सम्पर्कविच्छेद भएको छ । दुई दिनअघि सोलारबाट मोबाइलको टावर सञ्चालनमा ल्याए पनि फेरी समस्या आएको छ । गाउँपालिकाभर पानी, बत्ती र सडक सुविधा नभएको अध्यक्ष जिम्बाले बताए। उनले भने “गाउँपालिका जोड्ने सिपाली सडक रोशी खोलाले नै बगाएको छ , भौगोलिक प्रतिकूलताका कारण पुनः ट्रयाक खोल्न निकै कठिनाइ भइरहेको छ ।’ 

पनौती नगरपालिकाको केही वडामा बाढीपहिरोले विद्युत्मा क्षति पुर्‍याएकाले मर्मतकार्य भइरहेको जनाइएको छ । पनौती–१२ खोपासीस्थित पनौती जलविद्युत् आयोजनामा क्षति पुग्दा बिजुली उत्पादन रोकिएको छ । 

पहिरोसँगै आएको बाढी तथा लेदोले पावर हाउसभित्रका तीन टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिएस प्रणालीलगायतका उपकरण डुबेका कारण यही असोज १२ गतेदेखिनै बिजुली उत्पादन रोकिएको हो । पनौती जलविद्युत् केन्द्रका प्रमुख सविना उप्रेतीले बाँधबाट पावरहाउससम्मको कुलोमा विभिन्न स्थानमा पहिरोका कारण क्षति पुगेको जानकारी दिए। पावरहाउसको दुवैतर्फबाट पहिरो आएको छ । 

‘आयोजनाको सरसफाइ बाँकी छ, अब दशैँपछि सुरु गरिनेछ’, उनले भने । पानीको मुहानमा पनौती–८ मल्पीस्थित रोशी खोलामा आएको बाढीले क्षति पुगेको छ । उक्त केन्द्रको तीन टर्वाइनमध्ये दुईवटाबाट मात्रै बिजुली उत्पादन हुँदै आएको थियो । 

सरकारले घोषणा गरेको ‘विपद् सङ्कटग्रस्त क्षेत्र’का रुपमा काभ्रेपलाञ्चोकको रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका छन् ।  

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ४ : ०२ बजे

आजका समाचार : कुलमानलाई ऊर्जामन्त्रीले सोधे स्पष्टीकरण, भक्तपुरमा फूलपाती भित्र्याइयो र गौशालाको धर्मशालामा महानगरको बोर्ड

प्रधानमन्त्री उद्धार कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख हस्तान्तरण प्रधानमन्त्री

भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो

भक्तपुर – भक्तपुरका नेवाः समुदायले आज फूलपाती भित्र्याएका छन् ।

पर्वतारोहीको शव ल्याउन समस्या

म्याग्दी – धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रुसका पाँच

प्रधानमन्त्री ओली र सभापति देउवाले गरे ‘होलिडे इन रिसोर्ट’ को उद्‌घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली

दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं– प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर